काठमाडौं । विश्वकप फुटबलको समूह जीको खेलमा इजिप्टद्वारा न्यू जिल्याण्ड ३-१ ले पराजित भएको छ ।
क्यानाडाको भान्कुवरमा सम्पन्न खेलमा न्यू जिल्याण्डका फिन सरमानले १५ मिनेटमा गोल गर्दै अग्रता दिलाए ।
दोस्रो हाफमा इजिप्ट खेलमा फर्कियो । उसका मुस्तफा जिको, महम्मद सालेह र ट्रेगुजैटले ५८, ६७ र ८२ मिनेटमा गोल गर्दै इजिप्टलाई समूहको शिर्ष स्थानमा पुर्याए । इरान दोस्रो स्थानमा र बेल्जियम तेस्रो स्थानमा छ ।








प्रतिक्रिया