६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

चुनावी महासंग्राममा पाँचथर प्रदेश ‘ख’,इन्द्र भर्सेस आइन्द्र



फिदिम,यहि मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचनमा पाँचथर प्रदेश ख बाट प्रदेश १का अर्थ मन्त्री इन्द्रबहादुर आङ्बाे र नेकपा एमालेका नेता आइन्द्र कुमार नेम्वाङ आमनेसामने हुदैछन्।एउटै पार्टीमा क्रियाशील र फाल्गुनन्द गाउँपालिकाकाे उपनिर्वाचनमा काँधमा काँध मिलाएका मित्रहरु आज इन्द्र भर्सेस आइन्द्रकाे रुपमा चुनावी महाभिडन्तमा हुनुहुन्छ ।

फिदिम नगरपालिकाकाे ३वडासहित फाल्गुनन्द,मिक्लाजुङ,तुम्वेवा र कुम्मायककाे सबै वडाहरु समेटिएको साे क्षेत्रमा रहेका २८ वटा मध्ये २२ जना वडाध्यक्षसहित लाेकतान्त्रिक गठबन्धनका तर्फबाट एकीकृत माओवादीका उम्मेदवार प्रदेश अर्थमन्त्री आङ्बाेकाे पक्षमा वडाध्यक्षहरुले १८,३०५ मत ल्याउदा एमालेका तर्फबाट भिडेका नेम्वाङका ६ वडाध्यक्षहरुले १३,५०७ मत प्राप्त गर्नुभयाे।याे तथ्यांकअनुसार आङ्बाे नेम्वाङभन्दा ४,७८८ मतान्तरले सुरक्षित हुनुहुन्छ ।

पालिकागतमा गठबन्धनका उम्मेदवारहरुले कुम्मायक गाउँपालिका र तुम्वेवामा क्रमश:२ र ४ वडाध्यक्ष सहित २,१९२ मत र २,८०९ मत पाउँदा एमालेले ३ र १ वडाध्यक्षसहित २,८५२ मत र २,२२९ मत पाए।उता मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकामा क्रमश:७ र ६ वडाध्यक्ष सहित ५,६५६ मत र ५,६०२ मत पाउँदा एमालेले १,१ वडाध्यक्ष र ३,६३० मत र ४,३४७ मत पाए। फिदिममा भने ३ वटै वडाध्यक्ष सहित २,७४६ मत गठबन्धनका उम्मेदवारहरुले र एमालेका वडाध्यक्षहरुले भने १,३३९ मत ल्याउन सके।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ६ : २१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज