५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङमा भएकाे फुटबलमा जाेरपाेखरी विजेता



हिलिहाङ,दिपावलीकाेे अवसर पारेर पाँचथरकाे हिलिहाङ-३, साम्रेमा भएकाे खुला नकआउट फुटबल प्रतियोगिताकाे आज  भएकाे फाइनलमा जाेरपाेखरी युवा समूह विजेता बनेकाे छ।

आज भएकाे फाइनल खेलमा आयाेजक ए लाई १-० काे झिनाे अन्तरले हराउदै नगद पुरस्कार रु ३०,००० र ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्याे।पुरस्कार वितरण समारोहमा हिलिहाङ गाँउपालिका अध्यक्ष समरबहादुर अधिकारी ,जिसस सदस्य टेकराज याेङहाङ उपस्थित हुनुहुन्थ्यो ।
विजेतालाई गाँउपालिका अध्यक्ष समरबहादुर अधिकारी र जिसस सदस्य टेकराज याेङहाङले संयुक्तरूपमा पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयाे।पुरस्कारको प्रायाेजन प्रतिनिधि सभाकाे सदस्य पदका उम्मेदवारद्वय नेपाली काङ्ग्रेसको भिष्मराज आङदेम्बे र नेकपा एमालेका बसन्त कुमार नेम्वाङले गर्नु भएकाे थियाे।
विविध मनाेरन्जनात्मक खेलहरु भएकाे साे प्रतियोगितामा भाले झिक्नेमा किरण याेङहाङ र स्लो माेटरसाइकलमा सुजन याेङहाङ विजेता बनेकाे साे कार्यक्रमकाे सन्चालन हेमराज साप्काेटाले गर्नुभएकाे थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  १० : ०४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज