काठमाडौं,अष्ट्रेलियामा जारी टि-२० विश्वकप क्रिकेटको उपाधी इङ्गल्यान्डले जितेकाे छ।आज सम्पन्न फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउदै उसले दाेस्राेपटक उपाधी जितेकाे हाे।
मेलवर्नमा ब्याटिङ शुरु गरेकाे पाकिस्तानले ८विकेटको क्षतिमा १३७ रन बनाएको थियाे।सर्वाधिक सान मसुदले ३८ रन र शाेयव खानले २० रन जाेडे।
उता इङ्गल्याण्डले भने ब्रेन स्ट्राेक्सले ४९ बलमा ५ चाैका र १ छक्कासहित ५२ रनसहित १९ ओभरमा ५ विकेटकाे क्षतिमा १३८ रन बनाउदै विश्वविजेता बन्याे।








प्रतिक्रिया