५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भ्वाइस विजेता राम लिम्बूकाे दुवईमा बलिहाङ तङनामकाे अवसरमा सांगितिक प्रस्तुती



काठमाडाै,भ्वाइस अफ नेपालकाे सिजन २ काे विजेता झापाली गायक राम लिम्बूले बलिहाङ तङनाम २०७९काे अवसर पारेर हालै संयुक्त अरब इमिरेट्सकाे दुवईमा शानदार साँगितीक प्रस्तुती दिनुभएकाे छ। किरात याक्थुङ चुम्लुङ युएइ र संघिय लिम्बुवान सामाजिक मन्च,युएइद्वारा संयुक्त रुपमा आयाेजित बलिहाङ तङनाम २०७९ दुवईकाे बरदुरही शहरकाे हाेटल अष्ट्राेरियाकाे क्लब याक एन्ड यती हलमा सयाै दर्शकहरुकाे बाक्लाे उपस्तिथीमा भब्य सांगितिक कार्यक्रमकाे साथ मनाइएकाे थियाे।

भ्वाइस अफ नेपाल सिजन २ काे विजेता राम लिम्बूकाे शानदार प्रस्तुतीमा विभिन्न गितहरु गाउँदा माहाेल तातेर दर्शकहरु गितसंगै नाँचेका थिए।युएइमा रहेका विभिन्न नेपाली संघ संस्थाहरुकाे संस्था प्रमुखहरुकाे उपस्थिती रहेकाे साे कार्यक्रममा नेपाल आदिबासीजनजाती युएइकाे अध्यक्ष सुश्री विजयलक्ष्मी राईले सबै नेपालीहरुले एकअर्काकाे चाडपर्वलाई सम्मान र महत्व दिनुपर्ने बताउनुभयाे।

कमल लावतीकाे सभापतित्वमा संचालित साे कार्यक्रमकाे संयाेजन लिम्बुवान सामाजिक मन्चकाे अध्यक्ष विक्रम पन्धाकले र सन्चालन किराँत याक्थुङ चुम्लुङकाे महासचिव मनिषा लिम्बु र लाजेहाङ लिम्बूले संयुक्तरुपमा गर्नुभएकाे थियाे।स्थानिय कलाकारहरु सुन्दर याेङहाङ,मनिषा लिम्बू,दिपराज नेयाेङहाङ,दिनेश लिम्बू तथा डान्सरहरु रेखा लिम्बू,दिल लिम्बू र पुनम लिम्बूकाे प्रस्तुती रहेकाे साे सांगितिक कार्यक्रममा सुरक्षा ब्यब्स्थापन राम याेङहाङ,याम्सेसे थेबे,राजेश थेबे र राम फियाकले गर्नुभएकाे तथा गायक राम लिम्बूलाई केलाङ टिमले बाटाेबाटै स्वागत गरेकाे दुवईबाट बैदारे ठुलेले हिलिहाङ डटकमलाई जानकारी दिनु भयाे।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : ०० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज