५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनमा सभापति पदका लागि पाँचथरका मुनिन्द्र नेम्वाङको उम्मेदवारी घोषणा



काठमाँडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाको  तेस्रो महाधिवेशनमा सभापति पदका लागि  पाँचथरका मुनिन्द्र नेम्वाङले उम्मेदवारी घोषणा गर्नु भएको छ ।

कांग्रेस भातृ संगठन जनसम्पर्क समिति अमेरिकाकाे तेस्रो महाधिवेशन यहि अगष्टकाे १४, १५, १६ गते अमेरिकाकाे भर्जिनियामा भइरहेकाे छ । बिगत लामाे बर्षदेखि राेकिएर यसै बर्ष सम्पन्न हुन लागेकाे हाे ।

उक्त महाधिवेशनका लागि हालका महासचिव मुनिन्द्र नेम्बाङले सभापतिकाे उमेदवारी हालै एक कार्यक्रमका बीच घाेषणा गरेका छन् । नेम्बाङ संस्थाकाे लागि एक लगनशील मिहिनेती, इमानदार  छवि बनाएका पुराना व्यक्तित्व छन् । उनी जनसम्पर्क समितिकाे सदस्य, महासचिवमा चुनाव जितेर स्थापित भएका संस्थाभित्रका एक लाेकप्रिय छन् । नेपालमा पार्टीका हरतरहकाे गतिविधि देखि अमेरिकाकाे संगठन निर्माणमा उनकाे सक्रियता विशेष प्रकारकाे देखिन्छ । पाँचथर फाल्गुनन्द गापाका अध्यक्ष दिवंगत अमर नेम्बाङ लिम्बुकाे छाेरा रही कांग्रेस लामाे लिगेसी भएकाे परिवारकाे रुपमा चिरपरिचित उनी हाल आफ्ना बाबुकाे नाउकाे ट्रष्ट खाेलि समाजसेवामा पनि संलग्न रहेका छन् । जिल्लावासीहरुलाई प्रकृति प्रकाेप, साहित्य पुरस्कार, छात्रवृत्ति आदिमा वर्षेनि पुरस्कार वितरण एवं सरसहयाेग गर्दै आएका छन् ।

यस निर्वाचनमा मुनिन्द्र नेम्बाङलाई सभापति भएकाे हेर्न चाहानेहरुकाे ठुलाे भीड छ । यता पार्टी संस्थापन सभापति  गगन थापा, उपसभापति  विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरेकाे साथ पनि उनै नेम्बाङले पाएका छन् । पार्टीलाई विशेष महाधिवेशनमा बिदेश स्थित जनसम्पर्क समितिहरुकाे समन्वय पनि नेम्बाङले गरेका थिए । यसर्थमा पनि उनी सबैकाे राेजाईकाे उमेदवार बनेका छन् । उनले सभापति भएमा जनसम्पर्क समिति अमेरिकालाई नयाँ उचाईमा पुर्याउने सम्भावना रहेकाे बुझिन्छ ।

उहाँ यसअघि नेपाली जनसम्पर्क समिति अमेरिकाको महासचिव हुनुहुन्थ्यो ।

 

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ७ : ५५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज