५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

डिभिजन दुइ क्रिकेट: नेपालद्वारा स्कटल्याण्ड १ रनले पराजित



काठमाण्डौ, डिभिजन दुइ क्रिकेटमा नेपालद्वारा स्कटल्याण्ड १ रनले पराजित भएको छ । गतराती स्कटल्याण्डको फोरहिल स्टेडियममा भएको रोमान्चक खेलमा नेपालले एकबल बाँकी छदाँ २९७ रन बनाउदै सो लक्ष्य भेट्टाएको हो ।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले घरेलु मैदानमा पुरै पचास ओभरमा ६ विकेटको क्षतिमा २९६ रन बनाएको थियो । उसको लागि चार्ली टियरले ८०, फिन्ले म्याकग्रथले ५५ र रिची वर्निङटनले ४० रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र रिजन ढकालले समान २,२ विकेट लिए ।

प्रत्युत्तरमा नेपालले ४९.५ ओभरमा ९ विकेटको क्षतिमा २९७ रन बनायो । नेपालको लागि करण केसीले ६५, कुशल भुर्तेलले ५३ र गुल्सन झाले ४२ रन बनाए । स्कटल्याण्डका ब्रान्डोन म्याकमिलनले ३, माइकल लास्क र ज्याक जारिसले समान २,२ विकेट लिए ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  ७ : ३५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज