काठमाण्डौ, डिभिजन दुइ क्रिकेटमा नेपालद्वारा स्कटल्याण्ड १ रनले पराजित भएको छ । गतराती स्कटल्याण्डको फोरहिल स्टेडियममा भएको रोमान्चक खेलमा नेपालले एकबल बाँकी छदाँ २९७ रन बनाउदै सो लक्ष्य भेट्टाएको हो ।
यसअघि टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले घरेलु मैदानमा पुरै पचास ओभरमा ६ विकेटको क्षतिमा २९६ रन बनाएको थियो । उसको लागि चार्ली टियरले ८०, फिन्ले म्याकग्रथले ५५ र रिची वर्निङटनले ४० रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र रिजन ढकालले समान २,२ विकेट लिए ।
प्रत्युत्तरमा नेपालले ४९.५ ओभरमा ९ विकेटको क्षतिमा २९७ रन बनायो । नेपालको लागि करण केसीले ६५, कुशल भुर्तेलले ५३ र गुल्सन झाले ४२ रन बनाए । स्कटल्याण्डका ब्रान्डोन म्याकमिलनले ३, माइकल लास्क र ज्याक जारिसले समान २,२ विकेट लिए ।








प्रतिक्रिया