म्युनिख, युरोपको सबैभन्दा प्रतिष्ठित क्लब च्याम्पियनसिप, युएफए च्याम्पिएनसिप प्रतियोगिताको फाइनल फ्रान्सको क्लब पेरिस सेन्ट जर्मनले जितेको छ । म्युनिखमा गतराती सम्पन्न फाइनलमा उसले चारपटकको च्याम्पियन इटालियन क्लब इन्टर मिलानलाई ५-० ले हराउदै पहिलोपटक च्याम्पियन लिग विजेता बन्यो ।
पिएसजीको लागि हाकिमीले १२ मिनेटमा पहिलो गोल गर्दा डिजायर डौले २० र ६३ मिनेटमा दुई गोल गरे । काभ्रस्खेलियाले ७३ मिनेटमा चोथो गोल र मायालुले ८६ मिनेटमा पाँचौ गोल गरेर इन्टरलाई निराश बनाए ।








प्रतिक्रिया