३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इलाम-२ बाट बत्तिस वर्षिय सुहाङ नेम्बाङ एमालेका उम्मेद्वार



इलाम,इलामको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं २ मा यहि बैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा एमालेबाट बत्तिस वर्षिय अधिवक्ता सुहाङ नेम्बाङ उम्मेद्वार बन्ने भएका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दै सो कुराको जानकारी दिनुभएको हो ।

ट्विटमा भनिएको छ-युवा एकसाथ। बत्तिस वर्षिय सुहाङ नेम्बाङ इलाम-२ उपनिर्वाचनमा उम्मेद्वार बनाइएको छ। फूटबल र क्रिकेट मनपराउने कानुन व्यवसायी युवामा मैले केहि गर्ने उर्जा देखेको छु।

२०७९ सालमा समपन्न प्रतिनिधी सभा निर्वाचनमा नेकपा एमालेबाट पूर्व संविधान सभा अध्यक्ष तथा वरिष्ठ नेता सुभाष नेम्बाङ एक सय चार मतले विजयी बन्दा ३० हजार २० मत पाउनु भएको थियो भने पराजित नेपाली काङ्ग्रेसका डम्बर बहादुर खड्काले २९ हजार ९०६ मत पाएका थिए ।

उता समानुपातिकमा भने नेकपा एमालेले २६ हजार ५०० मत,नेपाली काङ्ग्रेसले २२ हजार ३०० मत,नेकपा माओवादी केन्द्रले ५ हजार १०० मत र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार ६६८ मत पाएका थिए । मंगोल नेशनल अर्गनाइजेशनले १ हजार ६०० मत,राष्ट्रिय जनमुक्ती पार्टिले १ हजार ४१३मत,राष्ट्रिय लोकतान्त्रिक मन्चले १ हजार ३०० मत,राप्रपाले १ हजार १०० मत र जसपाले ९०६ मत पाएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ७ : ३६ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु