५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

साउदी अरबलाई पेनाल्टी सुटआउटमा हराउदै कोरिया एसियन कपको क्वाटरफाइनलमा



काठमाडौं,कतारमा जारी एसियन कप फुटबल प्रतियोगिताको राउन्ड अफ सिक्सटिनको खेलमा साउदी अरेबियालाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउदै कोरिया क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलको ४५ मिनेटमा अब्दुल्ला रदिफले साउदीलाई अग्रता दिलाउदा अतिरिक्त समयको ९ मिनेटमा कोरियाको चो गु-सुनले बराबरी गोल फर्काएर निर्धारित समयमा १-१ को बराबरी भएपछि थपिएको अतिरिक्त समयमा समेत कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियोे। कोरियाले साउदीको १६ नं जर्सीको सर्राफी र १८ नं जर्सीको गारिबको अन्तिम २ पेनाल्टी रोक्दा कोरियाको सबै ४ पेनाल्टी गोलमा परिणत भयो।

यसअघिको खेलमा उज्वेकिस्तानले थाइल्यान्डलाई २-१ ले हराउदै क्वाटरफाइनलमा प्रवेश गर्यो । खेलको ३७ मिनेटमा तुर्गुनवेभले गोल गरेर उज्वेकिस्तानले लिएको अग्रतालाई थाइल्यान्डको सराचाटले ५८ मिनेटमा गोल गरेर बराबरीमा ल्याए।खेलको ६५ मिनेटमा फेजुलाभले उज्वेकिस्तानको लागि विजयी गोल गरे ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ६ : ४० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज