काठमाडौ ,चर्चित रियालिटी गायन शो द भ्वाइस अफ नेपालको नकआउटबाट लाइभ राउन्डमा बाह्र प्रतिष्पर्धीहरु पुगेका छन्।
टिम राजेशबाट मोनिका राई,मकर बम्जन र अश्विन राई लाइभमा प्रवेश गर्दा टिम मिलनबाट विनोद राई,फिदम ब्यान्ड र प्रिजा प्रधान लाइभमा पुगे।
उता टिम प्रमोदबाट तेन्जिङ डोल्मा शेर्पा,प्रशान्त शिवाकोटी र नोगेन लिम्बू तथा टिम उदयबाट रोजिना बस्नेत,विवेक बस्नेत र कुमार प्रयास लाइभमा प्रवेश गरेका छन्।
भोटिङ खुल्ला भैसकेको र यहि शुक्रवारसम्म भोटीङ गर्न सकिनेछ ।
प्रतिक्रिया