काठमाडौं,भारतकाे उत्तराखन्ड केदारनाथ गौरीकुन्डमा पहिराेमा परेर जुम्ला पातरासी गाउँपालिकाकाे तिनजनाकाे मृत्यु हुनुकाे साथै १९ जना नेपाली वेपत्ता भएकाे भारतिय संचारमाध्यमले जनाएका छन्।
गतराति भारीवर्षाकाे साथ आएकाे पहिराेमा गौरीकुण्डका तीन पसल मन्दाकिनी नदिमा बग्दा १९ जना वेपत्ता भएका छन्।साे पहिराेमा जुम्ला पातरासी गाउँपालिकाका मात्रै ११ जना परेका छन। पातरासी गाउँपालिकाका अध्यक्ष पूूर्णसिं बाेहाेराले साे पहिराेमा परेर पातरासी गाउँपालिका वडा नं २ का ५६ वर्षिय धनराम बुढा,२२ वर्षिय नन्द नेपाली र पातरासी ३ का ४१ वर्षिय सुकराम रावतकाे निधन भएको बताउनुभयो ।
उहाँले आफ्नाे गाउँपालिकाकाे ८ जना सहित तिला र तातोपानी गाउँपालिकाकाे अन्य १६ जना वेपत्ता रहेकाे बताए।
प्रतिक्रिया