३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाले प्रावि करारमा कार्यरत १८१ शिक्षकहरुकाे लिष्ट निकाल्यो



धनकुटा,शिक्षा विकास समन्वय इकाई धनकुटाले प्रावि तहकाे स्थायी शिक्षककाे नियुक्ति प्रयाेजनार्थ १८१ जना करार शिक्षकहरुकाे लिष्ट सार्वजनिक गरेकाे छ।याे लिष्टमा २०७१ साल माघ १५ देखि २०७९ साल पुस १८ गते सम्म नियुक्ति पाएका शिक्षकहरु छन्।

सबैभन्दा बढि चौविशे गाउँपालिकाका ५६ जना र सबैभन्दा कम धनकुटा नगरपालिकाकाे २ जना रहेकाे जनाइएको छ।

चौबिशे गाउँपालिकाबाट ५६ शिक्षकमध्ये जानकी बुढासुब्बा आविका युवराज थापामगर सबैभन्दा बरिस्ठ २०७२ साल माघ १७ गतेदेखि कार्यरत तथा कनिष्ठमा शारदा माविका पवित्रा सुब्बा २०७९ साल माघ ७ गतेदेखि कार्यरत हुनुभएको जनाइएको छ।

उता पाख्रिवास नगरपालिकाकाे २३ करार शिक्षकमा बरिस्ठ शिक्षकमा सरस्वती माविका लिलाकुमारी थापा २०७१ साल माघ १५ गतेदेखि कार्यरत हुनुहुन्छ भने कनिष्ठमा सहिद यज्ञ आविका देविमाया थापा २०७९ साल पुस १८ गते नियुक्ति पाउनुभएकाे जनाइएको छ।

छथर जाेरपाटी गाउँपालिकाकाे ११करार शिक्षकहरुमा सिनियर दिव्यश्वरी आविका जिवनप्रसाद ओझा २०७३ माघ ३ गतेबाट कार्यरत हुनुहुन्छ भने जुनियरमा भागेश्वरी आविका शाेभिता तामाङ २०७८ पुस ११ गते नियुक्त भएको बताइएको छ।

शहिदभूमि गाउँपालिकाका ३१ करार शिक्षकहरुमा बरिस्ठ शिक्षक अनिवार्य नि:शुल्क प्राविका दिलकुमारी राई २०७२ मंसिर १३ गते नियुक्ति लिनुभएकाे तथा कनिष्ठमा टपुदेवि माविका मीनाकुमारी थापा २०७९ साल भदौ ३१ गतेदेखि कार्यरत हुनुहुन्छ ।

साँगुरिगढी गाँउपालिकाकाे ३० करार शिक्षकमा बरिस्ठ  गुप्तिगंगा माविका पुष्पा राई २०७२ पुस १ देखि कार्यरत र कनिष्ठमा जगदम्बा आविका प्रदिपकुमार लिम्बू २०७९ मंसिर १३ गतेदेखि कार्यरत रहेकाे बताइएको छ।

उता २५ जना करारमा कार्यरत शिक्षकको लिष्ट निकालिएको महालक्ष्मी नगरपालिकामा बरिस्ठ करार शिक्षक नविन शिक्षासदन माविका गाेविन्द थापा २०७२ साल चैत्र ७ गतेदेखि कार्यरत र कनिष्ठ करार शिक्षकमा अन्नपूर्ण माविका निर्मला याक्खा २०७९ साल भदौ २७ गतेदेखि कार्यरत रहेकाे शिक्षा विकास समन्वय इकाइ धनकुटाले जनाएको छ।

 

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  १ : ४५ बजे

कविता: एउटा सपना हराएको यात्री

कविता: एउटा सपना हराएको यात्री -गीता गुरुङ, भद्रपुर, झापा ।

डिभिजन टु क्रिकेट: नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित

काठमाडौं, डिभिजन टु क्रिकेटमा नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित भएको

एक थान गजल

गजल -जयप्रसाद ओझा, हिलिहाङ-४, पाँचथर हाल मलेसिया न यो शहर

निमाविमा कोशी प्रदेशमा सत्र प्रतिशत सफल

काठमाडौं, शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह प्रथम पत्र सामान्य परिक्षाको

इतिहासमा बहुलरङ्गवादी प्रवाह: धर्मेन्द्र नेम्बाङको पितापुर्खाको कथा

इतिहासमा बहुलरङ्गवादी प्रवाह:पितापुर्खाको कथा -मनु योङहाङ, हिलिहाङ-३, कुर्लुम्बा पाँचथर ।