४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिम खानेपानीको चुनावमा अत्यधिक मतकाे साथ प्रकाश गुरुङ विजयी



फिदिम,पाँचथरकाे फिदिम नगरपालिकामा भएको फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे अध्यक्ष पदमा हिजाे भएकाे निर्वाचनबाट लाेकतान्त्रिक समुहकाे प्रकाश गुरुङ अत्यधिक मतबाट विजयी बन्नुभएकाे छ। नेपाली काङ्ग्रेस फिदिम नगरकार्यसमितिकाे सभापति उहाँ यसअघि फिदिम नगरपालिका वडा नं ४ काे निवर्तमान वडाध्यक्ष हुनुहुन्थ्यो ।

निर्वाचन समितिकाे अनुसार अध्यक्षमा प्रकाश गुरुङले ९३७ मत प्राप्त गर्दा सुर्यकुमार मगरले ४६६ मत ,महेन्द्र कुमार नेम्वाङले १०८ मत तथा गणेश थेबेले १३ मत प्राप्त गर्नु भएको बताइएको छ।

उपाध्यक्षमा निलम गिरी ७४४ मत प्राप्त गरेर विजयी बन्दा रामचन्द्र नेपालले ४९४ मत तथा हाेमप्रसाद श्रेष्ठले १३२ मत प्राप्त गर्नुभयो ।

उता सचिवमा लाेकतान्त्रिक समुहका कमल बाँस्कोटाले ६६२ मत प्राप्त गरेर विजयी बन्दा देवि प्रसाद अधिकारीले ४४४ मत पाउनु भयाे भने दिपेन्द्र तुम्बापाेले २७४ मत प्राप्त गर्नुभएको बताइएको छ।

सह-सचिवमा डने शेर्पा ८९८ मत ल्याएर विजयी बन्दा भाेलानाथ मिश्रले ३८९ मत तथा सुरेन्द्र कुमार सुवेदीले ८५ मत प्राप्त गर्नुभयो ।

काेषाध्यक्षमा पनि लाेकतान्त्रिक समूहकै दिपक बाँस्कोटाले ६०७ मत ल्याएर विजयी बन्दा सागर ओझाले ४९१ मत तथा दिलेन्द्रकुमार सुब्बाले २५१ मत प्राप्त गर्नुभएको जनाइएको छ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ८ : ०३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज