१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिम खानेपानीको चुनावमा अत्यधिक मतकाे साथ प्रकाश गुरुङ विजयी



फिदिम,पाँचथरकाे फिदिम नगरपालिकामा भएको फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे अध्यक्ष पदमा हिजाे भएकाे निर्वाचनबाट लाेकतान्त्रिक समुहकाे प्रकाश गुरुङ अत्यधिक मतबाट विजयी बन्नुभएकाे छ। नेपाली काङ्ग्रेस फिदिम नगरकार्यसमितिकाे सभापति उहाँ यसअघि फिदिम नगरपालिका वडा नं ४ काे निवर्तमान वडाध्यक्ष हुनुहुन्थ्यो ।

निर्वाचन समितिकाे अनुसार अध्यक्षमा प्रकाश गुरुङले ९३७ मत प्राप्त गर्दा सुर्यकुमार मगरले ४६६ मत ,महेन्द्र कुमार नेम्वाङले १०८ मत तथा गणेश थेबेले १३ मत प्राप्त गर्नु भएको बताइएको छ।

उपाध्यक्षमा निलम गिरी ७४४ मत प्राप्त गरेर विजयी बन्दा रामचन्द्र नेपालले ४९४ मत तथा हाेमप्रसाद श्रेष्ठले १३२ मत प्राप्त गर्नुभयो ।

उता सचिवमा लाेकतान्त्रिक समुहका कमल बाँस्कोटाले ६६२ मत प्राप्त गरेर विजयी बन्दा देवि प्रसाद अधिकारीले ४४४ मत पाउनु भयाे भने दिपेन्द्र तुम्बापाेले २७४ मत प्राप्त गर्नुभएको बताइएको छ।

सह-सचिवमा डने शेर्पा ८९८ मत ल्याएर विजयी बन्दा भाेलानाथ मिश्रले ३८९ मत तथा सुरेन्द्र कुमार सुवेदीले ८५ मत प्राप्त गर्नुभयो ।

काेषाध्यक्षमा पनि लाेकतान्त्रिक समूहकै दिपक बाँस्कोटाले ६०७ मत ल्याएर विजयी बन्दा सागर ओझाले ४९१ मत तथा दिलेन्द्रकुमार सुब्बाले २५१ मत प्राप्त गर्नुभएको जनाइएको छ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ८ : ०३ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको