४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालद्वारा पपुवा न्युगिनी ४ विकेटले पराजित



काठमाडौं,आइसिसि विश्वकप क्रिकेटको युएईमा भएकाे त्रिकोणाात्मक क्रिकेट सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ४ विकेटले हराएको छ।

दुवई इन्टरनेशनल क्रिकेट स्टेडियममा पपुआ न्युगिनीले दिएको २०४ रनकाे लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर भेट्टायाे।

नेपालकाे जितमा कुशल भूर्तेल र आशिफ शेखले ७६ रनको  उल्लेख्य साझेदारी गरे।कुशलले ६९ बलमा ५ चौकाकाे मद्दतले ५६ तथा आशिफले ३९ बलमा ५ चौकासहित ४४ रन बनाए। कुशलकाे याे चौथाे अन्तर्राष्ट्रिय एकदिवसीय अर्धशतक हाे।दिपेन्द्र सिंह ऐरीले २२,राेहित पौडेलले २० तथा कुशल मल्लले १२ रन जाेडे।

पिएसजीकाे लागि असद भालाले ३ र सेसेबाउ र नर्मन भानुआले १,१ विकेट लिए।

यसअघि पिएसजीले टस हारेर ५० ओभरमा ९ विकेट गुमाई २०३ रन बनाएको थियाे।कप्तान असद भाला र चाड भाेपरले ३६,३६ रन तथा सेसे बाउले ३१ रन बनाउदा गुल्सन झाले ३,कुशल मल्लले २ तथा साेमपाल कामी,प्रतीक जिसी र करण केसीले समान १/१ विकेट लिए।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ७ : ४९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज