६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल शिक्षक संघ कनकाईको नयाँ कार्यसमिति शुशिलकुमार श्रेष्ठको अध्यक्षतामा गठन



विर्तामोड,नेपाल शिक्षक संघ,कनकाई नगर कार्यसमिति झापाको  आज लक्ष्मीपुरमा सम्पन्न  दोश्रो प्रतिनिधि सभाले आदर्श विद्या मन्दिर माविकाे शिक्षक शुशिलकुमार श्रेष्ठको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति चयन गरेको छ।

चार वर्षे कार्यकाल रहेको  कार्यसमितिको महिला उपाध्यक्षमा रेखा पोखरेल,सचिवमा विज्ञान संग्रौला,सह-सचिवमा कृष्णप्रसाद घिमीरे लगायतका १६ जना सदस्य र अध्यक्ष सहित १०जना पदाधिकारी हुनुहुन्छ ।

कार्यसमिति गठन तथा प्रतिनिधि सभामा कनकाइ नगरपालिकाको नेपाल शिक्षक संघको शिक्षकहरुको उपस्थिति हुनुको साथै कनकाइ नगरपालिकामा सरुवा भइ आउनुभएको शिक्षकहरुको साथै सेवानिवृत शिक्षकहरुलाई सम्मान गरिएको थियो।

निवर्तमान कनकाइ अध्यक्ष निर्मल खनालको अध्यक्षतामा  र सचिव विज्ञान संग्रौलाले सन्चालन गर्नुभएको  सो प्रतिनिधि सभामा प्रमुख अतिथी प्रदेश-१ का पूर्व महासंघ अध्यक्ष तथा नेपाली काङ्ग्रेस इलामका जिल्ला सचिव पूर्ण गौतम,महासंघका अध्यक्ष तेजप्रकाश चौलागाईं ,शिक्षक संघ प्रदेश उपाध्यक्ष चित्रा ओली,शिक्षक संघ प्रदेश सदस्य वीरेन्द्र रिजाल,महासंघ विर्तामोड अध्यक्ष युवराज कट्टेल,कनकाइ-८ का वडाध्यक्ष लिला कटुवाल तथा हिमाली माविका प्रधानाध्यापक धर्मानन्द निरौलाले सम्बोधन गर्नुभएको थियो।

 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १० : ३५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज