३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भ्वाइसकाे फाइनलमा पुगेकाे सविना याेङहाङकाे विर्तामाेडमा शानदार प्रस्तुती



विर्तामाेड,रियालिटी शाे द भ्वाइस अफ नेपालकाे एपिसाेड फाेरकाे ग्रान्ड फिनालेकाे पूर्व सन्ध्यामा टिम राजेशबाट फाइनलमा पुगेकाे गायिका नेपाली चेली सविना याेङहाङले भाेटिङकाे क्रममा आज विर्तामाेडकाे मुक्तीचाेकमा शानदार सांगितिक कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ।

मैले मायाले दिएकाे चिनाे लगायतका कैयन गितहरु प्रस्तुत गरेर दर्शक शुभेच्छुकहरुमाझ फाइनलकाे लागी भाेट माग्नुभएकाे नेपाली साधना सरगम सविना र राजेश पायल राईकाे प्रस्तुती हेर्न दशाै हजार दर्शकहरुकाे चियर्स र हुटिङले विर्तामाेड गुन्जायमान भएकाे थियाे।साे कार्यक्रममा राई इज किङ सहित पूर्वेली कलाकार गजेन्द्र याेङहाङ,पाँचथरे गितकार मनु याेङहाङ तथा चर्चित हाँस्य कलाकार विशाल याेङहाङ’फर्सीटाउके’ लगायत स्थानिय कलाकारहरुकाे उपस्तिथी रहेकाे थियाे।

हिलिहाङ मिडियाले देशकाे मुख्य मुख्य शहरहरुमा मिडियालक्षित तथा स्कूल र कलेजलक्षित “सविनालाई साथ र सहयाेग अभियान”बाट भाेटिङ गरिरहेकाे छ।आजपनि चन्द्रगढी विमानस्थलबाट शुरु भएकाे र्याली तथा सविनालाई साथ र सहयाेग अभियान झापाकाे हल्दिवारी गाेलधाप हुदै विर्तामाेडसम्म सबै ठाउँमा शुभेच्छुकहरुकाे साथलाई भाेट दिएर जिताउन काेच राजेशले अपिल गर्नुभएकाे थियाे।स्थानिय राजनितिक कार्यकर्ता तथा देशविदेशका सहयाेगदाताहरुकाे भिडभाडकाे अनि उल्लेख्य भाेटिङ र सहयाेगकाे राैनककाे साथ कार्यक्रम समापन भएकाे थियाे।सांगितिक कार्यक्रमपछि आजै काेच राजेशपायल राईसहित सविना याेङहाङ भ्वाइसकाे भाेलिकाे फाइनलकाे निम्ती काठमाडाै फर्किनु भयाे।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ११ : ५१ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु