१ कार्तिक २०८३, शनिबार | October 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

चारआली जङ्गलमा फेला परेकाे मृतकहरुकाे पहिचान खुल्याे



विर्तामाेड,झापाकाेमेचिनगर-१३,चारआलीकाे जङ्गलमा फेला परेकाे मृतकहरुकाे पहिचान खुलेकाे छ।मृत्यु हुनेमा अर्जुनधारा-११ का नेत्रकुमार  इङनाम लिम्बू र उनकाे श्रीमती सन्जु इङनाम रहेकाे प्रहरीले जनाएकाे छ।आज साेमबार दिउसाे उनिहरुकाे लास फेला परेकाे थियाे।

मृतक झुन्डिएर निधन भएकाे हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुमान छ ।लासलाई पाेष्टमार्टम गर्न धरान पठाइएकाे प्रहरीले बताएकाे छ।मृतक पुरुषकाे घाटीमा डाेरी भेटिएकाे तथा अनुहार र शरीर कालाे भइसकेकाे अवस्थामा लास भेटिएकाे इलाका प्रहरी कार्यालय काकडभिट्टाकाे प्रमुख डिएसपी ज्ञानकुमार महताेले बताउनुभयाे।

साेमबार जङ्गलमा घासदाउरा गर्न जाने स्थानियले लास देखेपछि प्रहरीलाई खबर गरेका थिए।घटनास्थलमा एउटा दाउ,चप्पल र डाेरी फेला पारेकाे थियाे।

सडेकाे अवस्थामा शव फेला परेकाेले पहिचानमा समस्या आएकाे थियाे।पछि मृतककाे दाइ खगेन्द्रले शव पहिचान गरेका थिए।मृतक दम्पति एकहप्तादेखि बेपत्ता भएकाे जनाइएकाे छ।

 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ९ : ४९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज