१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सविना याेङहाङ टिम राजेशबाट भ्वाइसकाे फाइनलमा



काठमाडौं,रियालिटी शाे द भ्वाइस अफ नेपालकाे सिजन फाेरकाे एपिसाेड २९ काे सेमिफाइनलमा टिम राजेशबाट पाँचथर जन्मघर भइ हाल झापा हल्दिवारीकाे २२ वर्षिया चेली सविना याेङहाङ दर्शकहरुकाे राेजाईबाट पदम राईलाई पछि पार्दै फाइनलमा प्रवेश गर्नुभएकाे छ।

प्रतिष्पर्धाकाे उत्कृष्ठ आठमा पुग्ने एकमात्र महिला प्रतिष्पर्धी सविना याेङहाङलाई फाइनलमा पुर्याउन विभिन्न तवरबाट अभियान सन्चालन गरेर भाेटिङ गरिएकाे थियाे।हिलिहाङ मिडियाले ‘सविनालाई साथ र सहयाेग’ अभियान स्कूल ,कलेजका युवा विद्यार्थीहरु तथा मिडियाकर्मीहरु मार्फत भाेटिङ अभियान देशकाे सातै प्रदेशकाे प्रमुख शहरहरुमा सन्चालित छ।

हिलिहाङ डटकमका  सम्पादक  तथा हिलिहाङ मिडियाकाे तर्फबाट मनु याेङहाङले हिलिहाङ मिडियाबाट सन्चालित ‘सविनालाई साथ र सहयाेग’अभियानमा जाेडिएर सविनालाई भाेट गरेर उत्कृष्ठ आठबाट फाइनलमा पुर्याउनुहुने देशविदेशका सम्पूर्ण सहयाेगी हातहरुप्रति धन्यवाद र हार्दिक आभार व्यक्त गर्नुभएकाे छ।उहाँले फाइनलमा जिताउन फेरि पनि याे अभियानमार्फत चेलीलाई भाेट गरेर नेपालकाे भ्वाइस बनाउन सम्पूर्ण देशविदेशका सँगितप्रेमी महानुभावहरुलाई हार्दिक अनुराेध र अपिल गर्नुभएकाे छ।

टिम प्रविशाबाट ताप्लेजुङका शाहिल लिम्बू पनि फाइनलमा प्रवेश गर्नुभएकाे छ।फाइनलमा पुगेकाेमा चेली सविना याेङहाङलाई हार्दिक बधाई!!

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ११ : ४८ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र