६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पेनाल्टीमा नेदरल्यान्डलाई ४-३ ले हराउदै अर्जेन्टिना विश्वकप फुटबलकाे सेमीफाइनलमा



काठमाडौ,कतारकाे लुसेल स्टेडियममा केहिबेरअघि सम्पन्न दाेश्राे क्वाटरफाईनलमा अर्जेन्टिनाले नेदरल्यान्डलाई पेनाल्टीमा ४-३ ले हराउदै सेमीफाइनलमा प्रवेश गरेकाे छ। अर्जेन्टिनाकाे जितमा गाेलकिपर एमिलियानाे मार्टिनेज नायक बनेर नेदरल्यान्डकाे शुरुआती २ पेनाल्टी बचाए।

नेदरल्यान्डकाे भान डिक र ब्रेगुइजकाे पेनाल्टी अर्जेन्टिनी गाेलकिपर मार्टिनेजले बचाएपछि तथा कप्तान मेस्सी र पारदेशकाे पेनाल्टी गाेल भएपछि अर्जेन्टिना २-० ले पेनाल्टीमा अघि भयाे। पछि कुपमिनर,व्रेगाेस्ट र डि जाेङकाे पेनाल्टी प्रहार गाेल भएपछि तथा अर्जेन्टिनाकाे फरनान्डाेकाे प्रहार असफल एवम् माेन्टयालाे र मार्टिनेजकाे प्रहार सफल हुँदा अर्जेन्टिना ४-३ काे स्काेरसाथ सेमिफाइनल पुग्याे।

निर्धारित समयमा माेलिनाले ३५ मिनेटमा र कप्तान मेस्सीले ७५ मिनेटमा पेनाल्टीमा गाेल गर्दा ८२ मिनेटसम्म अर्जेन्टिना २-० ले अघि थियाे भने ८३ र १०१ मिनेटमा व्रेगाेस्टले २ गाेल गरेपछि खेल २-२ काे बराबरीमा पुग्याे।थपिएकाे समयमा कतैबाटपनि गाेल नभएपछि खेल पेनाल्टीमा पुगेकाे थियाे।

अब अर्जेन्टिनाले फाइनलकाे लागि क्राेयसियासँग भिड्नेछ।क्राेयसियाले पनि ब्राजिललाई पेनाल्टीमा ३-१ ले हराउदै सेमिफाइनलमा प्रवेश गरेकाे छ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ४ : १५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज