काठमाडौं,कतारमा जारी विश्वकप फुटबलको ग्रुप ई काे खेलमा जापानले एक पटकको विश्व विजेता स्पेनलाई २-१ ले हराउदै समूह विजेताकाे रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेकाे छ।उता याे जितकाे कारण चार पटकको विश्व विजेता जर्मनी भने गाेलअन्तरकाे कारण स्पेनसँग पछि पर्दै घर फर्केको छ।
समूह चरणमा विश्वविजेताहरुलाई हार चखाउने क्रममा जापानले यश अघि जर्मनीलाई २-१ ले हराएको थियाे। जापानको लागि ४८ मिनेटमा डाेआन र ५१ मिनेटमा तानाकाले गाेल गर्दा शुरुआती अग्रता भने माेराटाकाे गाेलकाे मद्धतले ११ मिनेटमा स्पेनले लिएको थियाे।
जापान २ जित र १ हारकाे साथ ६ अङ्क सहित शिर्षस्थानमा रहदा स्पेन र जर्मनीको समान ४,४ अङ्क र काेष्टारिकाकाे ३ अङ्क रह्याे।काेष्टारिकाले जापानलाई १-० ले हराउदा स्पेनसँग ७-० र जर्मनीसँग ४-२ ले पराजित बन्याे।उता स्पेन र जर्मनीले बराबरी खेलेका थिए।
प्रतिक्रिया