१४ आश्विन २०८०, आइतबार | October 1, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

चुनावी महासंग्राममा झापा-२ काे प्रदेश”ख”,पालिकामा पराजित पाठकले पराजय टार्लान त!



विर्तामोड,मंसिर ४ गते हुने प्रदेश सभाकाे निर्वाचनकाे भिडन्तमा झापा-२ काे प्रदेश ख का नेकपा एमालेका उम्मेदवार चिन्तन पाठक नेपाली काङ्ग्रेसका उम्मेदवार खगेन्द्र मैनालीभन्दा १,३०० कम मतकाे साथ रेड जाेनमा छन्। बुद्ध शान्ति गाउँपालिकाकाे ३ वटा वडासहित अर्जुनधारा नगरपालिकाकाे सबै ११वटा वडा गरि १४ वडामध्ये ८ वडाध्यक्ष जितेकाे नेपाली काङ्ग्रेस र ६ वडा जितेकाे एमालेकाे वडाध्यक्षले पाएकाे मतकाे तथ्यांक हाे।

कुल ११ वडा भएकाे अर्जुनधारा नगरपालिकामा ७ वडाध्यक्षसहित नेपाली काङ्ग्रेसले १६,७६८ मत पाउँदा एमालेले ४ वडाध्यक्षसहित १५,३१८ मत र बुद्ध शान्ति गाउँपालिकामा १ वडाध्यक्षसहित नेपाली काङ्ग्रेसले ५,२७२ मत पाउँदा एमालेले २ वडासहित ५,४२२ मत पाएकाे थियाे।समग्रमा नेपाली काङ्ग्रेस लगायत गठबन्धनका वडाध्यक्षहरुले २२,०४० मत ल्याउदा एमालेले २०,७४० मत प्राप्त गरे।

बुद्धशान्ति गाउँपालिका-३ का पाठक स्थानीय निर्वाचन २०७४मा बहुमत वडाध्यक्ष एमालेले जित्दा समेत पालिका अध्यक्षमा नेपाली काङ्ग्रेसको उम्मेदवार रमेश कुमार भूजेलकाे ७,९९६ मतसँग ७,३५३ मत प्राप्त गरेर ६४३ मतान्तरले पराजित बनेका थिए भने यसपटक पनि बहुमत वडाध्यक्षसहित नेपाली काङ्ग्रेसले बुद्ध शान्ति गाँउपालिका जितेकाे छ।

बुद्धशान्तिकै एक स्थानीय नेताले नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयाे”स्थानीय निकाय निर्वाचनमा उम्मेदवार छनाेटमा कैँची चलाएकाे कारण स्थानिय निर्वाचन प्रचारप्रसारमा नेता पाठक सहभागी हुन सकेनन् र त्यहि कैँची पराजयकाे कारण बन्याे,बुद्धशान्तिमा र के थाहा अब प्रदेश सभा सदस्यमा पाठककाे पराजय पनि?”उहाँले निराश हुँदै थप्नु भयाे”चिन्तन पाठक गाँउपालिकामा मात्रै हाेइन पार्टीकै आन्तरिक निर्वाचनमा पनि कहिल्यै विजयी बनेका छैनन्।हारकाे फेहरिस्त लामाे छ,के के मा पाे हारेनन् र?,२०६६ सालकाे क्षेत्रिय अध्यक्ष,जिल्ला सचिव हुँदै प्रतिनिधि परिषदमा समेत हारेका हुन्,पालिका अध्यक्षमा २०७४ मा नै हारिसके र हुनसक्छ अब पालाे प्रदेशमा किनभने १४ वडामध्ये ८ वटा वडामा हारिएकाे जाे छ नि”

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १० : ३९ बजे

याे वर्षको एसइई परीक्षा चैत्र दाेेश्राे हप्तादेखि हुने

काठमाडौं,राष्ट्रिय परीक्षा वाेर्डले २०८० सालकाे माध्यमिक शिक्षा परिक्षा एसईई चैत्रकाे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता

बालेनकाे कारवाहीकाे वावजुद महानगरका विद्यालयहरु बन्द गर्ने प्रधानाध्यापकहरुकाे निर्णय

काठमाडौं,काठमाडौं महानगरका सम्पूर्ण सामुदायिक विद्यालयहरु भाेलीदेखि बन्द हुनेभएका छन्। आज