५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

चुनावी महाभिडन्तमा उदयपुर -१,परराष्ट्रमन्त्री खड्का सुरक्षित जाेनमा



त्रियुगा,उदयपुर/यहि मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभाकाे चुनावमा दुइ संसदिय सिट रहेको उदयपुरकाे प्रतिनिधि सभाकाे क्षेत्र नं १ बाट परराष्ट्रमन्त्री डा.नारायण खड्का फेरिपनि चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।२०७४ सालकाे चुनावमा नेपाली काङ्ग्रेसले जितेको २३ सिटमध्ये उदयपुर -१ पनि थियाे।

२०७४ सालकाे परिदृश्यभन्दा अहिलेकाे परिदृश्य फेरिएको छ।माओवादी र नेकपा एमाले अहिले अलगअलग मात्र छैनन् माओवादी सहितको एमाले फुटेर बनेकाे एकीकृत समाजवादीकाे साथ र सहयाेेेग परराष्ट्रमन्त्री डा.खड्कालाई छ।यहि गठबन्धनको ताप र रापमा पूर्वि उदयपुरका त्रियुगा,बेलका नगरपालिका र चौदन्डीगढी गाँउपालिका समेटिएको उदयपुर -१ मा गत स्थानीय निकाय निर्वाचनमा निकायप्रमुखहरुकाे प्राप्त मतको आधारमा डा.खड्का विपक्षी भन्दा ५,३७५ मतान्तरबाट सुरक्षित हुनुहुन्छ ।गठबन्धनको तर्फबाट २ पालिकाप्रमुखसहित नेपाली काङ्ग्रेसका उम्मेदवारहरुले ३२,०९२ मत र नेकपा एमालेका उम्मेदवारहरुले १ पालिकाप्रमुखसहित २६,७१६ मत ल्याएका थिए ।

गत स्थानीय निकाय निर्वाचनमा नेपाली काङ्ग्रेसले बेलका र त्रियुगा नगरपालिका जित्दा नेपाली काङ्ग्रेसका उम्मेदवारहरुले १०,१२० मत र १३,९५९ मत ल्याउदा नेकपा एमालेका उम्मेदवारहरुले ६,९८० मत र ११,८७३ मत पाउनुभएकाे थियाे।

उता चौदन्डीगढी गाँउपालिकामा भने नेकपा एमालेले ८,८६३ मतले अध्यक्ष जित्दा नेपाली काङ्ग्रेसले ८,०१२ मत पाएकाे थियाे।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ८ : ०६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज