चामे,एकमात्र प्रतिनिधि सभाकाे सिट रहेकाे हिमालपारीकाे जिल्ला मनाङमा नेपाली काङ्ग्रेसको टेकबहादुर गुरुङ विजयी बन्नुभएकाे छ।
निर्वाचन कार्यालयकाे अनुसार नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य टेकबहादुर गुरुङले नेकपा एमालेका पाेल्देन छाेपेन गुरुङलाई ३२५ मतान्तरले हराउनुभएकाे हाे।नेपाली काङ्ग्रेसको टेकबहादुर गुरुङले २,५७५ मत ल्याउदा पाेलदेन छाेपेनले २,२४७ मत ल्याउनुभयाे।
यसभन्दा अघि नेपाली काङ्ग्रेसले मुस्ताङ जितेकाे थियाे।
मुस्ताङकाे दुवै प्रदेश र मनाङकाे प्रदेश-१ नेपाली काङ्ग्रेसले जितीसकेकाे छ।
प्रतिक्रिया