१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

चुनावी महाभिडन्तमा धनकुटा,दाेश्राेपटक आमनेसामनेमा थापाको पल्ला राईमाथी भारी



धनकुटा,यहि मंसिर ४ गतेहुने प्रतिनिधिसभाकाे चुनावमा एकमात्र संघिय सिट रहेकाे पूर्वान्चलकाे सदरमुकाम धनकुटामा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य सुनिलबहादुर थापा र नेकपा एमालेकाे पूर्वसांसद राजेन्द्रकुमार राई फेरि एकपटक आमनेसामने हुदैछन्। तर २०७४ सालकाे चुनावी परिदृश्यमा फेरबदल भएको छ,राईलाई साथ दिएका माओवादी मात्र हाेइन एमाले फुटेर बनेकाे एकीकृत समाजवादीकाे साथ र आधुनिक धनकुटाका निर्माता स्व. प्रधानमन्त्री सूर्यबहादुर थापाकाे राजनीतिक लिगेसी र पारिवारिक विरासत नेपाली काङ्ग्रेसको उम्मेदवार सुनिलबहादुर थापालाई रहेकाे छ।

हुनपनि स्थानीय निर्वाचन २०७४मा सवै सात स्थानीय तह जितेर इलेक्सनकाे ट्रफि उचालेकाे नेकपा एमालेका उम्मेदवारहरु यसपटक तीन स्थानीय निकायमा समेटिएका थिए त्याे पनि झिनाे मतान्तरले।
लाेकतान्त्रिक वाम गठबन्धनका तर्फबाट चार स्थानीय तहसहित नेपाली काङ्ग्रेसको उम्मेदवारहरुले ३७,२५४ मत ल्याउदा नेकपा एमालेका उम्मेदवारहरु ३५,८०२ मतसहित तीन स्थानीय तह जित्दा थापा राईभन्दा १,४५२ मतले ग्रिन जाेनमा हुनुहुन्छ ।

गत स्थानीय निर्वाचनमा काङ्ग्रेसले छथर जाेरपाटी र साँगुरीगढी गाउँपालिका तथा पाख्रीबास र महालक्ष्मी नगरपालिकामा क्रमश:४,३५९ मत ५,३९९ मत, ५,४९८ मत र ५,३९९ मत ल्याएर विजयी बन्दा एमालेका उम्मेदवारहरुले ४,१६४ मत,४,५२८ मत ५,०५३ मत र ५,१३९ मत ल्याउनु भएको थियाे।

उता नेकपा एमालेले भने चौविस र शहिदभूमी गाउँपालिका र धनकुटा नगरपालिकामा क्रमश:५,०३४ मत,४,२१४ मत र ७,६६६मत ल्याएर विजयी बन्दा गठबन्धनका उम्मेदवारहरुले ३,९९१ मत,४,०२७ मत तथा ७,६५२ मत प्राप्त गर्दै उपविजेता बन्नुभएकाे थियाे।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : ०२ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र