१० आश्विन २०८०, बुधबार | September 27, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

चुनावी महाभिडन्तमा धनकुटा,दाेश्राेपटक आमनेसामनेमा थापाको पल्ला राईमाथी भारी



धनकुटा,यहि मंसिर ४ गतेहुने प्रतिनिधिसभाकाे चुनावमा एकमात्र संघिय सिट रहेकाे पूर्वान्चलकाे सदरमुकाम धनकुटामा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य सुनिलबहादुर थापा र नेकपा एमालेकाे पूर्वसांसद राजेन्द्रकुमार राई फेरि एकपटक आमनेसामने हुदैछन्। तर २०७४ सालकाे चुनावी परिदृश्यमा फेरबदल भएको छ,राईलाई साथ दिएका माओवादी मात्र हाेइन एमाले फुटेर बनेकाे एकीकृत समाजवादीकाे साथ र आधुनिक धनकुटाका निर्माता स्व. प्रधानमन्त्री सूर्यबहादुर थापाकाे राजनीतिक लिगेसी र पारिवारिक विरासत नेपाली काङ्ग्रेसको उम्मेदवार सुनिलबहादुर थापालाई रहेकाे छ।

हुनपनि स्थानीय निर्वाचन २०७४मा सवै सात स्थानीय तह जितेर इलेक्सनकाे ट्रफि उचालेकाे नेकपा एमालेका उम्मेदवारहरु यसपटक तीन स्थानीय निकायमा समेटिएका थिए त्याे पनि झिनाे मतान्तरले।
लाेकतान्त्रिक वाम गठबन्धनका तर्फबाट चार स्थानीय तहसहित नेपाली काङ्ग्रेसको उम्मेदवारहरुले ३७,२५४ मत ल्याउदा नेकपा एमालेका उम्मेदवारहरु ३५,८०२ मतसहित तीन स्थानीय तह जित्दा थापा राईभन्दा १,४५२ मतले ग्रिन जाेनमा हुनुहुन्छ ।

गत स्थानीय निर्वाचनमा काङ्ग्रेसले छथर जाेरपाटी र साँगुरीगढी गाउँपालिका तथा पाख्रीबास र महालक्ष्मी नगरपालिकामा क्रमश:४,३५९ मत ५,३९९ मत, ५,४९८ मत र ५,३९९ मत ल्याएर विजयी बन्दा एमालेका उम्मेदवारहरुले ४,१६४ मत,४,५२८ मत ५,०५३ मत र ५,१३९ मत ल्याउनु भएको थियाे।

उता नेकपा एमालेले भने चौविस र शहिदभूमी गाउँपालिका र धनकुटा नगरपालिकामा क्रमश:५,०३४ मत,४,२१४ मत र ७,६६६मत ल्याएर विजयी बन्दा गठबन्धनका उम्मेदवारहरुले ३,९९१ मत,४,०२७ मत तथा ७,६५२ मत प्राप्त गर्दै उपविजेता बन्नुभएकाे थियाे।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : ०२ बजे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता

बालेनकाे कारवाहीकाे वावजुद महानगरका विद्यालयहरु बन्द गर्ने प्रधानाध्यापकहरुकाे निर्णय

काठमाडौं,काठमाडौं महानगरका सम्पूर्ण सामुदायिक विद्यालयहरु भाेलीदेखि बन्द हुनेभएका छन्। आज

विद्यालय बन्द गरे कारवाही गर्ने- काठमाडौं महानगर,विद्यालय बन्द -महासंघ

काठमाडौं,संसदमा दर्ता भएकाे विधेयकविरुद्ध निर्णायक आन्दोलन गर्न देशभरिका शिक्षकहरु काठमाडौंमा