३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

महासंग्राम भाेजपुरमा राई भर्सेस किराँती,सजिलो छैन पूर्व मुख्य मन्त्रीलाई



काठमाडौं,विगतमा एउटै कित्तामा उभिएर राजनीतिक सहकार्य गरेका सुदन किराँती र शेरधन राई आज फरक कित्तामा मात्र छैनन्,एकमात्र प्रतिनिधीसभा सदस्यकाे सिट रहेकाे पूर्वि पहाडी जिल्ला भाेजपुरबाट प्रतिनिधि सभाकाे लागि चुनावी महासंग्राममा भिड्दै छन्।लाेकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारकाे रुपमा
नेकपा माओवादी केन्द्रका सुदन किराँती र जसपाकाे सहयाेगमा नेकपा एमालेका शेरधन राई आफुलाई उभ्याउदै छन्।

कुल ९ वटा स्थानीय निकायहरु रहेकाे भाेजपुरमा गत स्थानीय निकायकाे निर्वाचनको पालिका प्रमुखले पाएकाे मतकाे आधारमा किराँती राईभन्दा ७० मतले अघि हुनुहुन्छ ।कुल ९ वटा स्थानीय तहहरु रहेकाे भाेजपुरमा नेपाली काङ्ग्रेसको ४,नेकपा एमालेका ३ तथा नेकपा माओवादीका प्रमुखसहित लाेकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले ३१,८२९ मत र एमालेका उम्मेदवारहरुले ३१,७५१ मत ल्याएका थिए ।

अरुण गाउँपालिकामा गठबन्धनकाे तर्फबाट नेपाली काङ्ग्रेसको उम्मेदवारले २,८८७ मत र एमालेले २,४२४ मत र आम्चाेक गाउँपालिकामा नेकपा माओवादीका उम्मेदवारले ३,६८६ मत र एमालेका उम्मेदवारले ३,२५८ मत पाएका थिए ।उता टेम्केमैयुममा नेपाली काङ्ग्रेसको अध्यक्षले ३,९८० मत ल्याइ विजयी बन्दा एमालेका उम्मेदवारले ३,२२५ मत पाएकाे थियाे।

पाैवादुङ्मामा एमालेले २,४९९ मत पाउँदा माओवादीले १,६८८ मत तथा भाेजपुर नगरपालिकामा नेपाली काङ्ग्रेसको मेयरले ५,६१५ मत ल्याइ विजयी बन्दा नेकपा एमालेका उम्मेदवारले ५,१०० मत पाएका थिए ।उता रामप्रसाद राई गाउँपालिकामा नेकपा माओवादीकाे अध्यक्षले ३,०७७ मत र एमालेले २,८५१ मत पाउँदा षदानन्द नगरपालिकामा भने नेकपा एमालेका मेयरले ६,७७२ मत पाउदा नेपाली काङ्ग्रेसको उम्मेदवारले ५,६५७ मत ल्याएका थिए ।

साल्पासिलिचाे गाउँपालिकामा भने नेपाली काङ्ग्रेसको अध्यक्षले १,७८७ मत ल्याइ विजयी बन्दा एमालेकाे १,५८० मत र हथुवागढिमा भने नेकपा एमालेका अध्यक्षले ४,०४२ मत र नेपाली काङ्ग्रेसको उम्मेदवारले ३,३५३ मत पाउनुभयो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : ४८ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु