६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सविना याेङहाङ- सुरिलो स्वर,सुर र सरगमकाे शानदार प्रस्तुतिले भ्वाइसकाे नकआउटमा, फेरि अर्को पाँचथरेकाे दाबी



काठमाडौं,रियालिटी शाे द भ्वाइस अफ नेपालकाे सिजन फाेरकाे साेह्रौ एपिसाेडबाट पाँचथर हिलिहाङ जन्मघर भइ हाल हल्दिबारी झापामा बस्दै आउनुभएको २२ वर्षिया चेली सविना याेङहाङ ब्याटल राउन्डमा विजेता बन्दै नकआउट राउन्डमा प्रवेश गरि आफुलाई अब्बल सावित गराउदै भ्वाइसकाे दावेदारकाे रुपमा आफुलाई उभ्याउन सफल हुनुभयो ।

टिम राजेशबाट गायिका मेलिना राईकाे “तिमीले बाटो फेर्यौ अरे”बाेलकाे गितमा नम्रता राईसँग प्रतिष्पर्धामा उत्रदै ब्याटल गर्नुभएको सविनाले अन्तत:आफ्नो खारिएकाे,माझिएकाे सुर र बेजोड सरगमकाे ज्वलन्त उदाहरण प्रस्तुत गर्दा दर्शकमात्र हाेइन काेच प्रमाेद र काेच प्रविशाकाे साथै काेच राजेशकाे मन जितेर नकआउटमा पुग्नुभयाे।

” भारतीय गायिका साधना सरगमकाे जस्तै सुर र तालको मेल गराउनमा सविना माहिर छिन्,सुगम संगितमात्रै हाेइन लाेक पप र राष्ट्रिय गितमा पनि बेजोड प्रस्तुति दिन सक्ने हुनाले उनी भ्वाइसकै एउटा प्रवल महिला दावेदार हुन्” हिलिहाङ डटकमका कार्यकारी सम्पादक रीता थाम्सुहाङले हिलिहाङ डटकमकाे जिज्ञासामा भन्नुभयो ।

झनझन् प्रतिष्पर्धाकाे कडा टक्कर हुने नकआउटका लागि सविना याेङहाङले आफुलाई संगितकाे साधना र रियाज तथा अभ्यासमा आफुलाई पाेख्त राख्दै यसरी नै सुर र तालकाे बेजोड सङ्गमसँगै मिठासपूर्ण स्वरलहरी पस्किदै सफलता हात पार्न सकुन् हिलिहाङ डटकमकाे हार्दिक शुभकामना !

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ९ : ४८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज