३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सविना याेङहाङ- सुरिलो स्वर,सुर र सरगमकाे शानदार प्रस्तुतिले भ्वाइसकाे नकआउटमा, फेरि अर्को पाँचथरेकाे दाबी



काठमाडौं,रियालिटी शाे द भ्वाइस अफ नेपालकाे सिजन फाेरकाे साेह्रौ एपिसाेडबाट पाँचथर हिलिहाङ जन्मघर भइ हाल हल्दिबारी झापामा बस्दै आउनुभएको २२ वर्षिया चेली सविना याेङहाङ ब्याटल राउन्डमा विजेता बन्दै नकआउट राउन्डमा प्रवेश गरि आफुलाई अब्बल सावित गराउदै भ्वाइसकाे दावेदारकाे रुपमा आफुलाई उभ्याउन सफल हुनुभयो ।

टिम राजेशबाट गायिका मेलिना राईकाे “तिमीले बाटो फेर्यौ अरे”बाेलकाे गितमा नम्रता राईसँग प्रतिष्पर्धामा उत्रदै ब्याटल गर्नुभएको सविनाले अन्तत:आफ्नो खारिएकाे,माझिएकाे सुर र बेजोड सरगमकाे ज्वलन्त उदाहरण प्रस्तुत गर्दा दर्शकमात्र हाेइन काेच प्रमाेद र काेच प्रविशाकाे साथै काेच राजेशकाे मन जितेर नकआउटमा पुग्नुभयाे।

” भारतीय गायिका साधना सरगमकाे जस्तै सुर र तालको मेल गराउनमा सविना माहिर छिन्,सुगम संगितमात्रै हाेइन लाेक पप र राष्ट्रिय गितमा पनि बेजोड प्रस्तुति दिन सक्ने हुनाले उनी भ्वाइसकै एउटा प्रवल महिला दावेदार हुन्” हिलिहाङ डटकमका कार्यकारी सम्पादक रीता थाम्सुहाङले हिलिहाङ डटकमकाे जिज्ञासामा भन्नुभयो ।

झनझन् प्रतिष्पर्धाकाे कडा टक्कर हुने नकआउटका लागि सविना याेङहाङले आफुलाई संगितकाे साधना र रियाज तथा अभ्यासमा आफुलाई पाेख्त राख्दै यसरी नै सुर र तालकाे बेजोड सङ्गमसँगै मिठासपूर्ण स्वरलहरी पस्किदै सफलता हात पार्न सकुन् हिलिहाङ डटकमकाे हार्दिक शुभकामना !

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ९ : ४८ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु