३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका यी हुन् १७ संघिय समानुपातिक उम्मेदवार र पार्टीहरु



काठमाडौं,निर्वाचन आयाेगले समानुपातिक उम्मेदवारहरुकाे अन्तिम बन्दसूची सार्वजनिक गर्दा प्रतिनिधि सभातर्फ पाँचथरका विभिन्न ९ राजनीतिक दलका १७ उम्मेदवार पर्न सफल भएका छन्।

उहाँहरुमा नेपाल समावेशी पार्टीका सबैभन्दा बढि ५ जना हुनुहुन्छ ।बीरबहादुर बुर्जा मगर आदिवासीजनजातिमा, आसमति ताम्लिङ,रिस्ता आङदेम्बे र शिवमाया सुनुवार आदिवासीजनजाति महिलामा र शुशिला भारती खस आर्य महिलामा हुनुहुन्छ।उता नेपाली काङ्ग्रेसको अइन्द्रविक्रम केरुङ र मधु जवेगु आदिवासीजनजाति पुरुष तथा महिलामा र सुरेन्द्रकुमार दहाल खसआर्यमा हुनुहुन्छ ।

राप्रपा नेपालबाट मानबहादुर जवेगु र सुनिता कुरुम्वाङ पहिलाे नम्बरमा आदिवासीजनजाति पुरुष तथा महिलामा रहदा जनता समाजवादी पार्टीको दिपेन्द्र कुमार आङदेम्बे र इन्द्रकुमारी लक्सम आदिवासीजनजातिमा हुनुहुन्छ ।जनजागरण पार्टीका भिमबहादुर याेङया र नेकपा माओवादी केन्द्रका हाेमबहादुर जवेगु तथा जनमुक्ति पार्टीका पार्वती याेङहाङ आदिवासीजनजाति तर्फका समानुपातिक उम्मेदवार रहदा राष्ट्रिय जनमाेर्चाका सीता कार्की र नेकपा मालेका पुन्यमाया पाेखरेल खसआर्य महिलाका उम्मेदवार हुनुहुन्छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : ५४ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु