६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रुस युक्रेन युद्धकाे कहर:युराेपमा महंगी २५०% ले बढ्याे



काठमाडौं ,रुस युुक्रेन युद्धको कैयौं महिना बितिसक्दा पनि राेकिने छाँट देखिएकाे छैन।अमेरिका लगायत नाटाेकाे हातहतियार सहयाेगमा युक्रेनले डटेर रुसको मुकाविला गरिरहेकाे याे युद्धमा कराेडाैं मानिसहरू बिशेष गरि रुसी र युक्रेनी प्रभावित हुनुकाे साथै विश्वभर युद्धको प्रभाव देखिएकाे छ।

युराेपमा याे युद्धको कारण महंगी अढाइ गुणा अर्थात २५० प्रतिशतले बढेको छ। हाल ब्रसेल्समा बस्तै आउनुभएको पाँचथरका समाजसेवी पदम याेङहाङकाे अनुसार बेल्जियममा सबैभन्दा महंगी बढेको छ।पहिले ८३ युराेमा पाइने सामान अहिले २७४ युराे पर्छ।

उहाँको अनुसार २५ युराेमा पाइने चामल अहिले ५९ युराे पर्छ।३ युराे पर्ने चिकन अहिले ५ युराे पर्छ भने ६ युराे पर्ने स्टेला बियर ९ युराे पर्न थालेकाे छ।

पूर्व पन्चमी हाल हिलिहाङ गाविस उपाध्यक्ष तथा राजनीतिज्ञ पदम याेङहाङ विगत दुई दशकदेखि बेल्जियम बस्दैआउनु भएकाे छ।उहाँको अनुसार ८२१ युराे मासिक तिरिने फ्ल्याट अहिले बढेेर ९५९ युराे पुगेकाे छ।”महँगी अनुसारको तलबभने वृद्धि भएकाे छैन् ,१६०० युराे कमाइ हुनेहरूलाई अहिले १९०० युराेसम्म दिइन्छ जुन महँगी अनुसारको जिवननिर्वाहमा कठिनाई सामना गर्नु परेकाे छ,पुग्दैन।”

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ८ : ४५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज