रीता थाम्सुहाङ/काठमाडौं,रियालिटी शाे द भ्वाइस अफ नेपालकाे एघारौं एपिसाेडकाे ब्याटल राउन्डमा भुटानका गायक रिहान गिरी दमदार प्रस्तुतीकाे साथ सर्वाधिक दर्शक र काेच चारैजनाकाे मन जित्दै अर्को चरणमा प्रवेश गर्नुभएको छ।
टिम राजुबाट गायक गिरीले नेपाली गायक बिक्रम सुवालसँग”सम्बाेधन तिमी लाई”बाेलकाे गीतमा ब्याटल गरेका थिए।भुटानी राष्ट्रिय पाेशाक किरामा सजिएका रिहान गिरी र नेपाली पाेशाक दौरासुरुवाल,इष्टकाेट र ढाका टाेपीमा सजिएका बिक्रम सुवालबिचकाे भिडन्त राेचक थियाे।
अधिकांश दर्शकहरु तथा कोचहरुले भुटानी गायक गिरीकाेप्रशंशा गर्नुभएको साे ब्याटलमा नेपाली गायककाे नेवारी लवजकाे उच्चारण पनि कम राेचक थिएन।आपसमा नेपाली र भुटानी झन्डा साटासाट गरेकाे साे ब्याटलकाे अन्तमा रिहान गिरी अर्को चरणमा प्रवेश गर्नुभयो ।
प्रतिक्रिया