८ कार्तिक २०८३, शनिबार | October 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विशिष्ट प्रतिभा सम्मान र प्रतिभा पुरस्कार वरिष्ठ गीतकार शिवशंकर थापा मगर तथा कवि चन्द्र रानाहँछालाई



काठमाडौ।नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यो वर्षको विशिष्ट प्रतिभा सम्मान झापाका वरिष्ठ गीतकार शिवशंकर थापा मगरलाई रप्रतिभा पुरस्कार कवि तथा कलाकार चन्द्र रानाहँछालाई  दिने घोषणा गरेको छ।प्रतिष्ठानले बेलायतमा शनिबार विज्ञप्ति प्रकाशित गरी नगद राशि १ लाख रुपैया, ताम्रपत्र र दोसल्लासहितको विशिष्ट प्रतिभा सम्मान थापा मगरलाई र नगद राशि १ लाख रुपैयाँ र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार रानाहँछालाई अर्पिने जनाएको छ।

चुलीवन, डाँडागाउँ, धनकुटामा जन्मेका शिवशंकर थापा मगर युवा अवस्थादेखि गीत लेखनमा सक्रिय छन्। २०२० सालबाट गीत लेख्न थालेका थापाले २०२६ मा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी गीत रेकर्ड गराएका थापाका गीतहरू २०२८ सालदेखि रेडियो नेपालमा बज्न थालेको थियो।  एक सय जति गीत लेखेका  थापाका पहिलो प्रकाशित कृति पाइतालाका डोबहरू (मुक्तकसङ्ग्रह) हुन् भने भन्थिन मेरी उनी (संस्मरण र गीतिसङ्ग्रह) प्रकाशोन्मुख कृति हुन।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाँडा, खोटाङमा जन्मेका कवि चन्द रानाहँछा साहित्य लेखन तथा कलाकारिता क्षेत्रमा सक्रिय छन् ।  रानाहँछाका चौबन्दी किनिदिउँला (गीतिएल्बम) २०५६, चिनो रुमाल (गीति एल्बम) २०५७, मनमा आँधी चलेपछि (गीत, कवितासङ्ग्रह) २०६७, भाउजू लडेको भीर (कथासङ्ग्रह) २०६९, थिबिया चराको गीत (कवितासङ्ग्रह) २०७१ र बागदता (उपन्यास)  प्रकाशोन्मुख छन्।

थापा र रानाहँछालाई आगामी मंसीरमा काठमाडाैंमा कार्यक्रम गरी विशिष्ट सम्मान तथा पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

सन् २००८ मा बेलायतमा स्थापित नेपाली प्रतिभा प्रतिष्ठानले हालसम्ममा  स्रष्टाहरू ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्राडा गोविन्दराज भट्टराई, बुँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ, भागीरथी श्रेष्ठ, बेणु आचार्य, दावा ग्याल्मो, गोपाल पराजुली, राजेन्द्र विमल, डा. कृष्णहरि बराल, दीप श्रेष्ठ, गणेश रसिक, राजेश्वर थापा र जसराज किरातीलाई सम्मान गरिसकेको तथा नवीन विभास, कुबेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, वीवी अनुरागी, टीका चाम्लिङ, फुलमान बल, बलराम अधिकारी, शुभ मुकारुङ, विमला तुम्खेवा, गणेश गुरुङ, सुदिप पाख्रिन, प्रदीप मेन्याङ्बो, सन्ध्या सुब्वा सिङ्जाङगो र विजेता चौधरीलाई प्रतिभा पुरस्कार प्रदान गरिसकेको छ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, शनिबार  ५ : २६ बजे

विशिष्ट प्रतिभा सम्मान र प्रतिभा पुरस्कार वरिष्ठ गीतकार शिवशंकर थापा मगर तथा कवि चन्द्र रानाहँछालाई

काठमाडौ।नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यो वर्षको विशिष्ट प्रतिभा सम्मान झापाका

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र सिजो बिश्लेषणिय कसीमा

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू