८ कार्तिक २०८३, शनिबार | October 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भाेली विश्व आदिवासीजनजाति दिवश,काेशी प्रदेशमा सार्वजनिक विदा



विराटनगर,साउन २४ गते अगस्ट ९ तारिख विश्व आदिवासीजनजाति दिवशकाे अवसरमा काेशी प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ।प्रदेश राजपत्रमा यसबारे उल्लेख गर्दै सार्वजनिक विदा दिइने भएको हाे।

संयुक्त राष्ट्रसंघकाे साधारणसभाले  सन् १९९३ देखि अगस्ट ९ तारिखलाई विश्व  आदिवासीजनजाति दिवश घाेषणा गरेकाे हाे।आदिवासीजनजाति समुदायको मानवअधिकारको रक्षा र सम्मान गर्न विभिन्न आयाेगले दिएको प्रतिवेदनलाई सम्मान गर्दै संयुुक्त राष्ट्र संघकाे साधारणसभाले अन्तर्राष्ट्रिय आदिवासीजनजाति दिवश ताेकेपछि नेपालमा पनि अन्तर्राष्ट्रिय आदिवासीजनजाति दिवश विभिन्न कार्यक्रमसहित मनाइने गरिएको हाे।

नेपालकाे संविधान २०७२ काे धारा २६१ मा आदिवासीजनजाति आयाेगकाे बारेमा उल्लेख गरिएको छ।६ वर्षे पदावधि रहेकाे आयोगकाे अध्यक्ष र सदस्यहरु राष्ट्रपतिले संवैधानिक परिषदकाे सिफारिसमा नियुक्त गर्ने संबैधानिक प्रावधान रहेकाे छ।

नेपालकाे संविधान २०७२ काे धारा ४२ काे उपधारा १मा आर्थिक सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला,दलित,आदिवासीजनजाति,मधेसी,थारु,मुस्लिम,पिछडा वर्ग,अल्पसंख्यक,सिमान्तकृत अपाङ्गता भएकाे व्यक्ति,लैंगिक तथा यौंनिक अल्पसंख्यक,युवा,किसान,श्रमिक,उत्पिडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिकरुपमा विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यको निकायमा सहभागिताकाे हक हुने कुरा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ८ : ०३ बजे

विशिष्ट प्रतिभा सम्मान र प्रतिभा पुरस्कार वरिष्ठ गीतकार शिवशंकर थापा मगर तथा कवि चन्द्र रानाहँछालाई

काठमाडौ।नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यो वर्षको विशिष्ट प्रतिभा सम्मान झापाका

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र सिजो बिश्लेषणिय कसीमा

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू