५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काँग्रेस बैठकमा लोसपालाई पनि गठबन्धनमा ल्याउन जोड


१६ भदौ २०७९, बिहिबार  


नेपाली काँग्रेसको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सत्ता गठबन्धनमा ल्याउनुपर्ने विषय उठेको छ । काँग्रेस शीर्ष नेताहरुको बैठकमा नेता शेखर कोइराला, विमलेन्द्र निधि लगायतले लोसपालाई पनि गठबन्धनमा ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

यसबारे गठबन्धनमा छलफल हुनुपर्ने उनीहरुले धारणा राखेको सहमहामन्त्री किशोरसिंह राठौरले जानकारी दिए । बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनको आवश्यकता र औचित्यका विषयमा प्रकाश पारेका थिए । उनीहरुले गठबन्धन नगरी कसैको पनि बहुमत पुग्ने अवस्था नरहेकाले चुनावी गठबन्धन आवश्यक रहेको बताएका थिए ।

बैठकमा नेता कोइरालालगायतले गठबन्धन गर्दा पार्टीलाई १०० सिटभन्दा चाहिने धारणा राख्दै सोहीअनुसार अडान राख्न सुझाव दिएका थिए । कम्तिमा १०० सिट नपाउने अवस्थामा  वस्तुगत यथार्थ अनुसार भागबण्डा हुनुपर्नेमा उनीहरुको जोड थियो ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  २ : ४८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज