१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कविता-प्रश्नहरूको लस्कर



प्रश्नहरूको लस्कर

गीता गुरुङ, भद्रपुर-४, ज्ञानेचोक, झापा


ऊ ठिङ्ग उभियो
मेरो प्रिय पात्र
उही घाइते शिक्षक
घाउ नै घाउले भरिएको

उनको उदास मनलाई
घरि घरि प्रश्न सोधेँ
“के भयो र प्रिय?”

उसको जवाफ आयो
“सबै मरेछन् के गर्नु?”
अनि मेरा प्रश्नहरूको
लस्करले उनलाई घेरे ।
ऊ अवाक र स्तब्ध छ
अनि देखाउँछन् मलाई
छातीका पुराना र आला दागहरु
कुनै हराउँन आँटेका अनि

कुनै नयाँ र गाढा लाग्ने ।

भन्छन् मलामी जानु छ
आफैले उठाएका आवाजहरूको
कसैसँग गरेका सम्झौताहरूको ।
उसलाई हतार छ आज
भोलि फेरि सिकाउँनु छ
ती कलिला छोराछोरीहरुलाई
दुखेको मनले, थकित तनले
तथापी जिउँनु छ यहीं
बिन्ति भाऊ गर्नु छ यहीं
अनगिन्ति तथाकथित फलानोहरुलाई।

(समसामयिक विषयवस्तुमा शक्तिशाली चेत भएको कविता पस्कनुहुने गीता गुरुङ मावि तहको अङ्ग्रेजी शिक्षक हुनुहुन्छ । उहाँको कवितामा समाजको प्रतिविम्बन पाइन्छ ।)

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ५ : ५१ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको