३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कविता: एउटा सपना हराएको यात्री



कविता: एउटा सपना हराएको यात्री

-गीता गुरुङ, भद्रपुर, झापा ।

हिजो

एउटा सपना थियो — रंगीन, उज्यालो,

पसिनाले सिंचित, मिहिनेतले झनै ।

नयनभित्र उर्लेको त्यो न्यानो चाहना,

जीवनको चित्रभित्र हुन्थ्यो त्यसको गहिरो भावना

तर आज…

एउटा यात्रु छु म — थकित, हारेको, मौन,

काँधमा सपना छैन, केवल निरासाको बोझ ।

अधुरो सपना जस्तै कतै हराएको छु म,

सम्झनामा मात्र बाँकी छ, त्यो उज्यालो समय।

हिजो

जुन बाटो थियो मेरा कदमको साथी,

आज

उही बाटो छ तर पिँडा छ ममाथि

हावा चले पनि अब के फरक पर्छ र!

जहाँ मनभित्रको चञ्चलता पुरै मौन भइदिन्छ।

एउटा सपना हरायो —

हाँसो लुटायो,

एकादेशको कथा झैँ, जीवनलाई बिसायो।

मैले देखेको त्यो सुन्दर र उज्यालो आकाश,

आज घनघोर बादल ढाकेर आयो ।

म त यात्रु हुँ पाइला हराउँदै हिँड्ने,

कहिले उकालो,

कहिले ओरालो न रोकिने, न थfक्ने।

तर यो यात्रा कहाँ पुर्‍याउँछ थाहा छैन ।

सपना हराएको यो मन —

अझै आफैसँग रुष्ट छ, सप्रिन खोज्दैन ।

शहरका बत्तीहरू झिलिमिली छन् सायद,

तर मेरो मनभित्र अँध्यारोको भीड छ अझै ।

कोही सोध्छ: “सपना के हो?”

म मुस्कुराउँछु,

अनि भन्छु: “हराएको याद हो त्यो ।”

तर कतै…

टाढाबाट आउँछ एक आवाज:

“यात्रु होस् तँ, तर यात्रा त अझै बाँकी छ, आज !”

र त्यो आवाजले झनै बिथोल्छ, झनै गिजोल्छ,

एउटा झिनो आशाले फेरि शिर उठाउन सिकाउँछ ।

किनभने…

सपना हराए पनि, सपना फेरि जन्मिन्छ,

र हारेको यात्रु पनि, एक दिन फेरी उठ्छ ।

त्यसैले म लेख्दैछु — आँसुमा कविता,

जहाँ यात्रु छ, सपना छ,

र आशाले बगाएको जीवनको नदी पनि छ।

( पछिल्लो समय आफ्नो सुन्दर भावनातथा शक्तिशाली चेत भएको आवाज पस्किने कवि गिता गुरुङको यो शक्तिशाली कविताले एउटा सपना, सम्भावना र जीवन बोल्छ ।)

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ८ : ५८ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु