२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पुण्यप्रसादका कथाहरु:-बहुरङ्गवादी दृष्टिकोणले भरमार



पुण्यप्रसादका कथाहरु:-बहुरङ्गवादी दृष्टिकोणले भरमार

                     -मनु योङहाङ, हिलिहाङ-३, कुर्लुम्बा, पाँचथर

२०२८ सालदेखि कथालेखनमा सक्रिय एक श्रष्टा पुण्यप्रसाद खरेलको पछिल्लो कृति हो पुण्यप्रसादका कथा(चौथो सङ्ग्रह,२०८०) । लामो समयसम्म शिक्षण पेशामा आवद्धता भएर मावि प्रथम श्रेणीबाट निवृत्त हुनुभएको श्रष्टा खरेल काँकडभिट्टा हाल विर्तामोडमा साहित्य सिर्जनामा सक्रिय रहनु भएको प्रमाण उहाँको साहित्यिक गतिविधीबाट प्रष्टिन्छ । सम्वत् २०३१ सालमा मातृभुमि साप्ताहिकमा “छोरोको हत्या” कथा छापिएर आख्यानमा होमिनु भएको उहाँको यो चौथो सङ्ग्रहमा बाह्रवटा कथाहरु नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित छन् । यो लेखमा उनै श्रष्टाका यी कथाहरुले बोकेको समता र समानता अनि अस्तित्वको बहुरङ्गवादी दृष्टिकोणको केस्रा केस्रा कोट्याउने प्रयास गरेको छु ।

बहुरङ्गवादमा पुण्यप्रसादका कथाहरु

बहुरङ्गवाद भनेको उत्तरआधुनिकवादकै एक रुप हो । युवा कवि धर्मेन्द्रविक्रम नेम्बाङले सम्बत् २०६० तिर प्रचलनमा ल्याएको रङ्गवाद साठीको दशकमा फक्रियो । प्रकाश विमिलको भीर अथवा रङ्ग(२०६४) सगुन सुसाराको माङफुनको कायाकल्प(२०६४) यही रङ्गवादी शेलीमा लेखिएका कृतिहरु हुन् । १५ जेठ २०६५ मा नेपालमा राजतन्त्रको अन्त्य भएर सङ्घिय लोकतान्त्रिक गणतन्त्रमा परिणत भएपछि बहुरङ्गवाद बन्यो ।

कथाकार पुण्यप्रसाद खरेलले सम्वत् २०६४ सालदेखि २०७८ सालसम्ममा लेख्नुभएको यि बाह्रवटा कथाहरुलाई हेर्दा संविधान जारी हुनु पुर्व र संविधान जारी पछिका कथाहरुमा विभाजित गर्न सकिन्छ । छ वटा कथाहरु संविधान जारी हुनु पूर्वका र बाँकी छ वटा कथाहरु संविधान जारी भएपछिका छन् । गरिमा, नवयुवा लगायतका पत्रिकाहरुमा प्रकाशित भैसकेका यी कथाहरुले समाजका विभिन्न रङहरुलाई आख्यानमा मज्जाले घोलेर पाठकको मनमा विभिन्न रङ्गिन भावका तरङ्गहरु पैदा गर्न सफल छन् ।

सिद्धान्तमा पुण्यप्रसादका कथाहरु

माक्सवादी सिद्धान्तमा आधारित कथाहरुले लेखकको माक्सवादी झुकावलाई पात्रहरुको नशानशा र रगतरगतमा दौडाउछन् । जेब्राव्याग कथामा त उहाँ ज्वालाको यथार्थतालाई व्यङ्ग गर्दै समाजवादको यति पैरवी गर्छन् कि मानौ समाजवाद समाज कायापलटको जादुइ छडी हो । नष्ट गर्न लागेको केही पुस्तकहरुको दर्शनाबाट सिद्धान्तच्युत हुदैगरेको साठीको दशकको नेपाली समाज देखाएका छन् । सिद्धान्त र जीवन अलग हो भन्दै उर्वर उमेरभर सिद्धान्तको पछि लागेर बुढेशकालमा पछुताउने नेपाली समाजको साङ्गो पाङ्गो चित्रण फस्य्राल्ल र प्रायश्चितमा मिहिन रुपले देखाएका छन् । उदारवाद र लोकतान्त्रिक समाजवादको थोरै वयान उनको आरन, फस्य्राल्ल र ख्याकेन कथाले बोल्छ ।

पूजीँवाद र आधुनिकवादको सामान्य चर्चा ठुटा र छोरा खाने हजुरआमाले गरेको भएता पनि यि कथाहरुलाई कुनै न कुनै रुपमा माक्सवादमा ठोक्काएर पैरवि गर्न पुगिहाल्छन् लेखक । बरु घोडा र सुपारी कथाले द्वन्दवादको सटिक जिकिर गर्छ । मनोवाद जस्तो लाग्ने यी कथाहरुले लिलायन दर्शाउछन् । महिलाले घोडामा सवार हुनु अनि विभिन्न मान्छेहरुसँग विभिन्न रुपमा सुपारी पुग्नुले समाजलाई विनिर्माण गरेर उत्तरआधुनिकतर्फ डोर्याउछ ।

लामो समयसम्म शिक्षणमा भएर होला शिक्षा क्षेत्रका विविध पक्षहरु खप्परमा नभएकाहरु, प्रायश्चित र फस्य्राल्लले बोल्छन् । यथार्थवाद तथा प्रयोजनवादतर्फ ढल्किएर समाज रुपान्तरण हुदैगरेको उदाहरण दिने कथाहरुमा आरन र तपाईलाई बधाइ पर्दछन् । यसप्रकार सिद्धान्तमा आधारित कथाहरुले उत्तरआधुनिकवादमात्रै होइन पुरै बहुरङगवाद अङ्गालेका छन् ।

सङ्घिय सौन्दर्यशाली कथाहरु

खरेलका कथाहरुले सङ्घिय सौन्दर्य बोकेर बहुरङ्गको सटिक दावी गरेका छन् । भक्तिकुमार पात्रमार्फत अमेरिका बसाइलाई साथीभाइहरु जमघट गरेर छोराछोरी कति छन् ? मा व्यङ्ग्यमार्फत सङ्घिय सौन्दर्य पस्किन्छन् भने आरन कथामा मनवीर पात्रले सङघियता आवश्यक रहेको जिकिर गरेका छन् ।

उता ठूटा कथामा विकासको लागि सङ्घियता आवश्यक देखाइएता पनि ख्याकेनले भने सङघियताको समालोचना गरेर बहुरङगको सिद्धान्तलाई अङ्गिकार गरेको छ ।

महिला र दलित सौन्दर्यको लेखन

सङ्ग्रहको चौथो कथा छोरो खाने हजुरआमा र अन्तिम कथा तपाईलाई बधाइ छ ! ले महिला ममता र आरोह अवरोहका शक्तिशाली चेतहरु बोल्छन् । छोराछोरी कति छन् ? कथामा अमेरिकामा नर्सको माग उच्च रहेको देखाउदै महिलाको सोन्दर्यको बयान गरेका छन् । यसर्थ यी कथाहरुले महिला सौन्दर्यको कुनै न कुनै चर्चा गर्दै बहुरङ्गवाद अँगालेको प्रष्ट छ । उता आरन कथाबाट भने साहिली पात्रमार्फत दलित र महिलाको सटिक सोन्दर्यको बान्की खोज्न कथाकार सफल भएको देखिन्छ ।

हातहतियार विपक्षी र समावेशीताका कथाहरु

बहुरङ्गवादको अर्को विशेषता हो- हातहतियार विपक्षी र समावेशीता सौन्दर्य । यसको वकालत कथाकार खरेलले खप्परमा नभएका कथामा कुमार पात्रमार्फत माओवादी द्वन्दलाई केलाउछन् । प्रायश्चित कथामा सत्ताधारी हतियारबाट पिल्सिएको शिक्षकको मनोविज्ञान देखाउदै आरन कथामा भने नरेन्द्रजङ र आन्दोलनकारी खलपात्रमार्फत हतियार विपक्षी समाजको परिकल्पना गरेका छन् ।

घोडासुपारीको मनोसम्वादले समावेशिताको सानो झिल्को ओकलेर कथाकार खरेलले बहुल रङ्गलाई दर्शाएका छन् । उनका कथामा पिङ्के अग्रवाल र रामखेज सर जस्ता मधिसे सौन्दर्य भेटिनु र ठुटा, च्याङथापु जस्ता अल्पसङख्यक सौन्दर्यले साच्चिकै पुण्यप्रसादका कथाहरुले रङवाद अझ बहुलरङवादलाई थपक्कै अंगालेको प्रष्टिन्छ ।

अन्तमा लामो समयदेखि आख्यानमा सक्रिय कथाकार खरेलका कथाहरु नेपाली र अङ्ग्रेजी दुवै भाषामा एकै कृतिमा समावेश भएपछि पाठकलाई पढ्नमा मज्जा आउँछ । समकालिन नेपाली समाज र समाजका सामाजिक, साँस्कृतिक पाटोहरुलाई यथार्थवादी तथा द्वन्दवादी दृष्टिकोणबाट मथ्न सक्नु कथाकारको सबल पाटो मान्न सकिन्छ । खारिएको लेखनीले समाजलाई मार्गनिर्देशन गर्ने कुरामा आशावादी बन्न सकिन्छ

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ७ : ५० बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक