१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उत्तरआधुनिक सिद्धान्तमा धर्मेन्द्र नेम्बाङ:-“नेपाल कस्तो बनाउने, कसरी बनाउने ?”



उत्तरआधुनिक सिद्धान्तमा धर्मेन्द्र नेम्बाङ:-“नेपाल कस्तो बनाउने, कसरी बनाउने ?”

                     -मनु योङहाङ, हिलिहाङ-३, कुर्लुम्बा, पाँचथर

पान्थर पौवासारतापका रङ्गवादी कवि तथा चिन्तक धर्मेन्द्रविक्रम नेम्बाङको पछिल्लो कृति हो”काङग्रेस पार्टीको रुपान्तरण र देश बनाउने विधी” (२०८१) । यो कृतिमा एउटा सान्दर्भिक लेख छ-नेपाल कस्तो बनाउने, कसरी बनाउने ? कुल १४ पृष्ठमा लेखिएको यो लेखले समाजवादमा आवश्यकतानुसार समानता थपेर समतालाई पूर्ण गर्नुपर्छ भन्ने मान्यता बोकेको छ । इमानुयल कान्टको दर्शनसँग तादाम्यता राख्ने यो लेखमा एकत्वनिष्ठ मानिदै आएको कर्ता जस्लाई नेम्बाङले साधन वर्ग मान्नु भएको छ यथार्थमा एकत्वनिष्ठ नभइ विविधताको द्योतकको रुपमा रहेको चर्चा गर्नु भएको छ । कालतरङ्ग(ड्युरेशन), भेद तथा भर्च्युअल (अप्रत्यक्ष) जस्ता अवधारणाले यो लेखको बर्गसोनिज्ममा खुलेर आएको छ। अन्तर्निष्ठता हुंदाहुँदै पनि नेम्बाङले फ्रान्सेली दार्शनिक फुकोको द्वैतवाद र स्पिनोजाको बारेमा चर्चा गर्न भ्याएका छन् ।

अर्थतन्त्रको विश्लेषणबाट आरम्भ भएको यो लेखले शुरुमा प्रजातन्त्रको मनोविश्लेषण गरेको छ । यस लेखमा लेखकले नेपाली रेडिकल राजनीतिको तहहरुमा, केस्राहरुमा विभिन्न शैली र आवाजहरुको आर्थिक मुद्धाहरुलाई निरन्तर समर्थन गरेका छन् । उनले वैदेशिक रोजगारीलाई उत्पादनशिल राइजोम मानेर जोडेका छन् जहाँ जिडिपीलाई केन्द्र ठानेका छन् । नोमोडोलजीको-यायावरवादको अवधारणालाई यति सहज बन्डिङ गरिएको छ ताकि खुला बजार अर्थनीतिको ठेकेदारको भेदलाई छताछुल्ल पार्नु भएको छ । ति ठेकेदारकै कारण देशको आर्थिक निराशालाई खुलस्त्याउनुभएको छ।

पोजिटिभ पोष्टमोर्डनिज्म

नेम्बाङले आफूलाई उत्तरआधुनिक नभनेर रङ्गवादी भनेपनि यो लेखले उनलाई सहजै उत्तरआधुनिक बनाएका छ। यो लेखमा प्रष्टै समाजवादको यथास्तिथीसँग सम्झौता गरिएको छ । वैदेशिक रोजगारीको हवाला दिएर खुला बजार अर्थनीतिको सामु सहजै घुँडा टेकिनुले उत्तरआधुनिकतालाई स्विकार्छ । नेपाली समाज र भुइमान्छेहरुका राजनीति र परिश्रमलाई वेवास्ता गरिनुले किसानहरुको रैथाने प्रवृत्ति उपर धावा बोलिएको छ ।

नेम्बाङ हरियो समाजवादमार्फत राजनीति र अर्थतन्त्रमा किसानलाई केन्द्रविन्दुमा राख्न चाहन्छन् । यसको अर्थ राजनीतिमा आधुनिक मूल्यको संरक्षण गराउनुपर्छ भन्ने हो । डब्लु आकारको पश्चिम फर्किएको अर्थतन्त्रलाई एम बनाउनु भनेको अर्थतन्त्रको पुनर्आविश्कार हो । यसरी उनी यो लेखमा आधुनिकताका कतिपय मूल्यहरु निरर्थक भएको बताउछन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदाहरण दिदै सामाजिक दमन, भ्रष्टाचार बढिरहेको बेला आवश्यक महसुस गरिएको आफ्नै पनको रैथाने र आफ्नै बलबुताको आर्थिक रेडिकल राजनीतिको खुलेरै चर्चा गर्छन् । यसरी अर्थतन्त्रको आधुनिक मान्यताको आलोचक भएर पनि आर्थिक, सामाजिक र राजनीतिक चिन्तनमा आफूलाई रेडिकल बनाएर उभ्याउन सफल भएका छन् । नजानिदो पाराले उत्तरआधुनिकतालाई सकारात्मक दिशामा अघि बढाउन नेम्बाङले प्रयत्नमात्रै गरेका छेनन् बरु सफल भएका छन् । प्रविधि, जुक्ति, सीप, मिहिनेत र मितव्ययिताले बनाउने देश भन्दै उत्तरआधुनिकताको उनले खुलेरै समर्थन गरेका छन् ।

आधुनिकताको आलोचना

उत्तरआधुनिकता भन्नु नै आधुनिकताको विच्छेदन हो । आधुनिकताले जग खडा गरेर अग्लाइहोचाइ बनाउछ । यसको साथै उत्पत्तिको खोजी र विज्ञानवादको विश्वाश आधुनिकताले गर्छ भने औपनिवेशिकता तथा युरोप र पश्चिमको प्रभुत्वलाई स्विकार्छ । यो लेखमार्फत नेम्वाङले आधुनिकताको यी लक्षणहरुको विरुद्धमा लेख्नु भएको छ । आधुनिकताका कतिपय लक्षणहरुलाई सोझै उल्ट्याउनु भएको छ । आयातित सामानलाई प्रतिस्थापन गरेर युरोपको प्रभुत्वलाई चुनौती गर्नु आधुनिकताको आलोचना हो ।

युवा उद्यमशिलताको कुरा र विपी कोइरालाको साना मझौला उद्योग स्थापनाको चर्चा गर्दै उनले आधुनिकताको धज्जी उडाएका छन् । अझ आर्थिक हिडाइलाई विभिन्न बक्ररेखामा देखाउदै आधुनिकताको लक्षणहरुलाई काटेका छन् । यसरी राष्ट्र बनाउने काममा नागरिकको सहभागिता खोजेर आधुनिकताको प्रवल आलोचकको रुपमा नेम्बाङले आफूलाई उभ्याएका छन् ।

बहुलता र भेदको सिद्धान्त

यो लेखमार्फत नेम्बाङले बहुलतालाई बढावा दिएका छन् । अस्तित्ववाद, फेनोमेनोलजी जस्ता माक्स्रवाद अझ पश्चिमा संरचनावादको विकल्पमा आएका फुको, डेल्युज र डेरिडाहरुको लाइनमा उनले आफूलाई उभ्याउन सफल भएका छन् । माक्सको द्वन्दवादमाथि कडा प्रहार मात्र गरेनन् प्लेटोवाद, फ्रान्सेली बुद्धिवाद र जर्मन द्वन्दवादको विरुद्धमा नेपाली समाजवादी अझ मौलिकतालाई प्रधानता दिनुपर्छ भनेर भेदको सिद्धान्तलाई विकल्पको रुपमा ठिङ्गै ठड्याउनु सफल भएका छन् । यसरी भेदवादलाई, भिन्नतावादलाई व्यवस्थित गरेर नेम्बाङले नेपाली अर्थतन्त्र, दर्शन र समाजशास्त्रमा खुला बहश छेडेर बैचारिक तरङ्ग ल्याएका छन् ।

सिन्डिकेटको विरुद्धमा लेखेर उनले भेदको सिद्धान्तको प्रतिपादन गरेका छन् । प्रत्येक जिल्लामा उपलब्ध हुने स्थानिय साधन, स्रोतको उपयोगबाट प्रत्येक पृथकताको समर्थन गरेका छन् किनभने पृथकिकरणको कारण विविधता फस्टाउछ, अनि एकरुपता नष्ट हुन्छ यसैलाई नेम्बाङले बहुलवादको संज्ञा दिएका छन् । उनले आर्थिक, सामाजिक हैसियत भेदकै नियमले अर्थिने बताएका छन् । हैसियतकै कारण युरोप अमेरिका रोजाइ बन्यो अनि प्रभु र पराधिनको सम्बन्ध बन्यो भनेका छन्।

रङ्गवादका पक्षपाती नेम्बाङले बहुलवादलाई स्विकारेका छन् । उनले परजिवी अर्थतन्त्रको विरुद्धमा नेपाली समाज, मान्छे, मूल्य र मान्यताको विविधतालाई भेदको रुपमा चर्चा गरेका छन् । नेपाली परिवेशको दर्शनको परिकल्पनाबाट उनले आफूलाई उत्तरसंरचनावादमा खरोरुपमा उभ्याएका छन् । छलकपट, प्रपन्च र षडयन्त्रविहिन नेपाली समाजवादी स्प्रिङकलर अर्थतन्त्र मार्फत उनको बहुलवादी अझ रङगवादी चेतनामा उत्तरआधुनिकवादको चास्नी घोल्न सफल छन् । यसले प्लेटोवादलाई लत्याएका मात्रै छैनन् बरु कान्टवादलाई नेपाली परिवेशमा थप उचाइसहित व्याख्या गरेका छन् ।

सिजोविश्लेषण

फ्रायडको साइको एनालाइसिस-मनोविश्लेषणको विरुद्धमा जन्मिएको हो सिजोविश्लेषण । मनको प्रवल क्रान्तिकारी चाहना भन्नु नै सिजोविश्लेषण हो । मिहिनेत, परिश्रम, पाखुराको बलबाट नेपाल बनाउन सम्भव भन्ने क्रान्तिकारी भावना नै नेम्बाङको सिजोविश्लेषणिय लेखन जादु हो । पूंजिवादी समाजको अध्ययनमा फुकोको विल टु पावर मान्यताको अनुशरण गरेर धर्मेन्द्र नेम्वाङले हरियो समाजवादी अर्थतन्त्रमा केसामी नाम्सामीको सिजोविश्लेषण गर्न भ्याए । उनी उत्तरआधुनिकवादी भएकै कारण  आफ्नो लेखमा आधुनिकवादीहरुको मनोविश्लेषण अर्थात फ्रायडको बालक, बाबु र आमाको सानो पारिवारिक घेराबाट माथी उठेर नेपाली समाज रुपान्तरणको लागि पावरमा, शक्तिमा र एकतामा जोड दिन्छन् ।

हरियो समाजवाद अर्थात नेपाली अर्थतन्त्र विदेशी परजिवीमा रुमल्लिएर बस्नु हुदैन बरु प्रकृति, पर्यावरण, जलवायु जस्ता ज्ञानमिमांशा, मूल्यमिमांशा र तत्वमिमांशाहरुकै कारणबाट नेपाली मोडलमा जागरण, उत्साह, परिवर्तन सम्भव छ भनेर सिजो विश्लेषण गर्नु भएको छ ।

यायावरवाद

नोमेडोलजी अर्थात यायावरवाद सिजोविश्लेषणकै एक सुधारिएको रुप हो । यायावरहरु एक आविश्कारका अज्ञात प्रतिभा हुन् अझ प्रविधिका प्रणेता हुन् । हरियो समाजवादमार्फत राज्यसंयन्त्रको विनिर्माण गरेर उत्तरआधुनिक स्वतन्त्रको ढोका खोल्ने धर्मेन्द्र नेम्बाङको परिकल्पना नै यायावरवाद हो । आर्थिक असमानताको विरुद्धमा प्रस्तावित यायावरवादबाट नै उनले समाजवादलाई समतामा विघटन गर्नुपर्ने तर्क गरेका छन् ।

गान्धिवादकै नजिकमा रहेको यायावरवादको प्रयोग गर्दै देश बनाउनमा लेखकले रगत बगाएर नलडी आर्थिक स्वतन्त्रताको पक्षमा युद्धविरोधी उत्तरआधुनिक लडाइ गर्नु पर्ने तर्क गर्छन् । उनले नेपाली अर्थतन्त्रमा नयाँ आर्थिक शक्तिको लागि नयाँ प्रविधी र आविश्कारमा जोड दिदै उत्तरआधुनिक चिन्तनमा फुकोवाद, डेरिडावाद र डेल्युजवाद भन्दा परिस्कृत यायावरवादको परिकल्पना गरेर देशको समृद्धिको चर्चा गरेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ७ : ०८ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको