५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

योङहाङ समाज कोरियाले कोरियाली महान चाड छुसकको अवसरमा शुभकामना आदानप्रदान तथा विम‍ोचन कार्यक्रम सम्पन्न



काठमाडौ , योङहाङ समाज कोरियाले कोरियाली महान चाड छुसकको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

दक्षिण कोरियाको राजधानी सोलको सुभेक्षा रेस्टुरेन्टक‍ो सभाहलमा सो कार्यक्रम आयोजना गरिएक‍ो थियो । योङहाङ समाज कोरियाक‍ो अध्यक्ष सरोज योङहाङको अध्यक्षता तथा संस्थाक‍‍ो महासचिव सुजल योङहाङद्वारा सन्चालित सो कार्यक्रमको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ कोरियाको वरिष्ठ उपाध्यक्ष सन्तोष खेवा हुनुहुन्थ्यो ।

विशिष्ट अतिथिमा पूर्व नेपाल समाजको उपाध्यक्ष पवित्र थेबे, विशेष अतिथीमा आदिवासीजनजाति महासंघ कोरियाको अध्यक्ष विशन राई, किराँत राई यायोक्खाको अध्यक्ष पुरन याम्फु, पाँचथर सेवा समाजको अध्यक्ष रमेश लावती तथा पाँचथर सेवा समाजकै नुवेन्द्र थाम्सुहाङ हुनुहुन्थ्यो ।

विभित्र साँगितिक कार्यक्रम सहित सम्पन्न सो शुभकामना आदानप्रदान कार्यक्रममा कोरियाभरि छरिएर रहेका नेपालीहरुको सघन उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको अन्तमा पाँचथरका उपन्यासकार मनु योङहाङक‍ो चौथो कृति ऐतिहासिक उपन्यास ‘थोक्फेला’ विमोचन गरिएको थियो।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १ : ३२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज