१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विर्तामोड शिक्षक संघको छैटौं प्रतिनिधि सभा सम्पन्न,शिक्षकहरु सम्मानित



विर्तामोड,नेपाल शिक्षक संघ विर्तामोड नगर कार्य समितिको छैठौं प्रतिनिधि सभा सम्पन्न भएको छ। विर्तामोड नगर कार्यसमितिद्वारा महेन्द्र रत्न मावि विर्तावजारमा आयोजना गरिएको सो प्रतिनिधि सभाको प्रमुख अतिथी नेपाली काङ्ग्रेस झापाको कोषाध्यक्ष तथा महाधिवेशन् प्रतिनिधि जलकुमार गुरुङ हुनुहुन्थ्यो ।

नगर कार्य समितिका अध्यक्ष जयकुमार प्रसाइको अध्यक्षतामा सम्पन्न सो प्रतिनिधि सभामा नेपाली काङ्ग्रेस विर्तामोड नगर कार्यसमितिका सभापति भोजराज सिटौला र विर्तामोड -६ का वडाध्यक्ष सूर्य कन्दङ्वा,विर्तामोड -१० का वडाध्यक्ष दुर्योधन गुरुङ तथा विर्तामोड -४ का निवर्तमान वडाध्यक्ष कुलप्रसाद संग्रौला विशेष अतिथी हुनुहुन्थ्यो।अन्य अतिथीहरुमा शिक्षक संघका प्रदेश सदस्य भवानी खतिवडा,शिक्षक संघका जिल्ला उपाध्यक्ष लता खरेल,जिल्ला सहसचिवहरु मनकुमार योङहाङ, युवराज कट्टेल,रिता निरौला र निवर्तमान अध्यक्ष नेत्र खरेल हुनुहुन्थ्यो ।

सचिव युवराज ढकालद्वारा संचालित सो कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष युवराज कट्टेल,अतिथी सुर्य कन्दङ्वा,दुर्योधन गुरुङ,कुलप्रसाद संग्रौला र भोजराज सिटौलाले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गुरुङले शिक्षकहरुले आफ्नो पेशामा विशेषज्ञ बन्नु पर्ने बताउनुभयो भने महासंघ अध्यक्ष कट्टेलले महासंघले शिक्षकको पेशामा आएको चुनौती सामना गर्न प्रयत्नरत रहेको चर्चा गर्नुभयो । नगर सभापति सिटौलाले भने पार्टी सदैव शिक्षकहरुको पक्षमा रहेको बताउनुभयो ।

विर्तामोड नगरका उल्लेखनीय शिक्षकहरुको उपस्थिति रहेको सो प्रतिनिधि सभामा विभिन्न शिक्षकहरुलाई सम्मान गरिनुको साथै नवप्रवेशी शिक्षकहरु तथा सेवा निवृत्त शिक्षकहरुलाई समेत सम्मान,खादा र मायाको चिनो प्रदान गरिएको थियो।

 

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १० : १६ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र