१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कविता:- दशै,हाम्रो बसाइँ ।



कविता:-दशै,हाम्रो बसाइँ ।

आयो  दशै-बाजा बजाइ।

गयो दशै-ऋण बोकाई।

कति सटीक – पिता ओहो! हजुरको त्यो भोगाइ  !!

 

सिरानघरे सुब्बा थिए नि हाम्रा पिता,

पैतिस सालमा-आए  ढाकरेहरु थाप्नलाई टीका,

थपिदिनु छ कोसेली बनाउनुहुन्न मनलाई फिका,

बड लिएरै बाले मौलोमा मार हाने।

हिङ नभएनि आफुलाई हिङ नै ठाने ।

कमेरो छ्यापेको  भित्तामा,

मारको रक्तिम पन्जाछापले उड्यो साठीमुरे खेत।

किपट रैकर भैसक्दा मात्र आयो  अलिअलि चेत।

 

दाजुको पहिलो  टिकामा- छत्तीस सालमा

कठुवा,चौठो अनि गाग्रीभरि भरि  रक्सी!

आधा दर्जन ढाकरमा,

ठड्याइएका च्वाचेको खुरमा फूल र दिदिदाई मस्की मस्की!

एक दर्जन लाठेहरुको पल्टनको स्मृतिमा झस्की झस्की।

त्यहि ऋण र अर्को टिकामा उड्यो चिडरीबोटे खेत।

अचार्ज माइलालाई दशैमा थपियो फेरि अर्को भेट ।

 

सुब्बाकोमा रहिरहन्छ दशै- गाईतिहारसम्म।

र यहि दशैमा मासु,लुगादेखि उपहारसम्म।

मान्दा मान्दै दशै चालिससालको सोरसारसम्म।

बुझाए बा ‘ले ढाँडबारी सैतिससालमा,

जिम्मा लाए  बा’ले टारबारी अठ्तिससालमा,

सुम्पिए बा’ले घरबारी उन्चालीस सालमा!

अनि चालीस साल हिउँदमा 

छाडे बा चढ्न घोडामा!

छैन नि जुत्ता गोडामा!

झारे परिवारलाई मधेसको झोडामा!!

 

 

 

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ८ : ३५ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र