४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कविता:- दशै,हाम्रो बसाइँ ।



कविता:-दशै,हाम्रो बसाइँ ।

आयो  दशै-बाजा बजाइ।

गयो दशै-ऋण बोकाई।

कति सटीक – पिता ओहो! हजुरको त्यो भोगाइ  !!

 

सिरानघरे सुब्बा थिए नि हाम्रा पिता,

पैतिस सालमा-आए  ढाकरेहरु थाप्नलाई टीका,

थपिदिनु छ कोसेली बनाउनुहुन्न मनलाई फिका,

बड लिएरै बाले मौलोमा मार हाने।

हिङ नभएनि आफुलाई हिङ नै ठाने ।

कमेरो छ्यापेको  भित्तामा,

मारको रक्तिम पन्जाछापले उड्यो साठीमुरे खेत।

किपट रैकर भैसक्दा मात्र आयो  अलिअलि चेत।

 

दाजुको पहिलो  टिकामा- छत्तीस सालमा

कठुवा,चौठो अनि गाग्रीभरि भरि  रक्सी!

आधा दर्जन ढाकरमा,

ठड्याइएका च्वाचेको खुरमा फूल र दिदिदाई मस्की मस्की!

एक दर्जन लाठेहरुको पल्टनको स्मृतिमा झस्की झस्की।

त्यहि ऋण र अर्को टिकामा उड्यो चिडरीबोटे खेत।

अचार्ज माइलालाई दशैमा थपियो फेरि अर्को भेट ।

 

सुब्बाकोमा रहिरहन्छ दशै- गाईतिहारसम्म।

र यहि दशैमा मासु,लुगादेखि उपहारसम्म।

मान्दा मान्दै दशै चालिससालको सोरसारसम्म।

बुझाए बा ‘ले ढाँडबारी सैतिससालमा,

जिम्मा लाए  बा’ले टारबारी अठ्तिससालमा,

सुम्पिए बा’ले घरबारी उन्चालीस सालमा!

अनि चालीस साल हिउँदमा 

छाडे बा चढ्न घोडामा!

छैन नि जुत्ता गोडामा!

झारे परिवारलाई मधेसको झोडामा!!

 

 

 

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ८ : ३५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज