“ओहाे,आराधना तिमी! अनि के पाथिभरा दर्शनमा आएको हाे ?” अचम्मित हुँदै अचानक गाेपेटार बजारमा भेटिएको दार्जिलिङकाे आराधना क्षत्रीलाई माेरङकी प्रशंशाले साेध्न पुगिन्”हामी त भर्खरै हिलिहाङ दरबार घुमेर फर्केको ”
“अनि प्रशंसा तिमी पनि उर्लाबारीबाट ,कस्ताे संयाेग नि हाम्राे भेट फेरि पनि भयाे” आराधनाले जवाफ फर्काइन”म त यतै पाे छु हिलिहाङमा, मेराे विहे पनि भैसक्याे हौ ”
“मलाई निम्तो सम्म गरेनौं निष्ठुरी”प्रशंसा ठुस्किइन्।
“समय नि यस्तै पर्याे के गर्ने?”
“हैन के त्यस्ताे पर्याे र? आखिर फरक दैशकै सहि हामी त साह्रै नै मिल्ने मित्र अझ मेराे त सबैभन्दा नजिककाे तिमी!”
…….
२०५० काे दशक।देशमा द्वन्द्वकालिन अवस्था उत्कर्षमा पुगेकाे बेला पाँचथरकाे प्रशंसा लिम्बू आफ्नाे फूपुकाे घर दार्जिलिङकाे सिंगिया चिया कमानमा पढ्न जांदा साेहि चिया कमानकाे सिइओ चुमानसिंह बस्नेतकाे एकलौटी छाेरी आराधना बस्नेत र प्रशंसा एउटै हाइस्कूलका सहपाठी थिए।हाइस्कूल सकिएपछि प्रशंसाले कलेज नेपालमै अध्ययनरत रहिन् भने उता आराधना गभर्मेन्ट कलेजमा।बिचबिचमा फाेन,मेसेन्जरमार्फत घनिष्टता भने रहिरह्यो ।
यहि घनिष्टताकाे तीन वर्षपछिकाे याे घटनाक्रम।
सिंगिया चिया कमानकाे सिइओ चुमानसिं बस्नेत दार्जिलिङ भरिकै सम्पन्न र राजनीतिक रुपमा उच्च हैसियत राख्ने शौखिन परिवारकाे विलासपूर्ण जीवन व्यतित गरिरहेका थिए।एकमात्र लाडप्यारमा हुर्किएकि छाेरी आराधना साँच्चिकै सौन्दर्यशाली र संस्कारयुक्त परिवारकाे आशाको दियाेकाे रुपमा रहेकि थिइन्।आराधनाकाे विवाहकाे कुराे चुमानसिंहकै एकजना साथीकाे छाेरासंग छिनोफानो भएकाे थियाे केहिसमयअघि नै।
नाेगेनहाङ पाँचथर हिलिहाङकै एक युवक।सामान्य परिवारमा रहेर पनि स्नातक सकेकाे एक बेराेजगार र परिवारमा बहिनीकाे लालनपालन र अध्ययन अध्यापनकाे जिम्मेवारी बाेक्नुपर्नेभएकाेले राेजगारीकाे खाेजीमा रहेकाे अवस्थामा राेजगारीकाे निम्ति दार्जिलिङ आइपुग्छ।दार्जिलिङ शहरमा भनेजस्तो काम नभेटेपछि अन्तत: बस्नेत परिवारकाे प्राइभेट ड्राइभरकाे नाेकरी काम प्राप्त गर्न पुग्छ।र उसकाे काम हुन्छ आराधनालाई कलेज लाने,ल्याउने तथा पारिवारिक जमघट,पिकनिक र आफन्तहरुकाेमा बस्नेत परिवारलाई यात्रा गराउने।किनभने उ त निजी चालक न पर्याे।बचेकाे समय कारलाई ग्यारेजमा राखेर भेटिएका अन्य कामहरु गर्ने।
तपाईं भन्नुहुन्छ हाेला,कलेज जादा आउदा आराधना र नाेगेनबिच पक्कैपनि केही न केही भएकाे हुनपर्छ तर याे पटक्कै भएकाे हाेइन्।संस्कारी परिवारमा हुर्किएकाे आराधना पढाइमा यति अब्बल थिइन जहिले पनि फस्ट।फेरि एउटा ड्राइभर र मालिकबिचकाे सम्बन्ध र नाेगेनकाे ड्राईभिङपछिकाे समयमा गर्ने अन्य कामहरुकाे व्यस्तता। सामान्य बाेलचालबाहेक चुमानसिंह बस्नेतकाे रवाफकाे अघि चुइक्क काेहि बाेलाेस् त मेरिबास्सै।अझ आराधना कसैकाे नासाे भैसकेकाे अवस्था र नाेगेन आफ्नो र परिवारकाे लागि काम गर्न परदेश गएको थियाे भने उसलाई कामभन्दा अन्त कतै जाने फुर्सतनै थिएन्।बस्नेत परिवारले दिएकाे कार पार्किङछेउकाे एउटा सामान्य काेठामा बसेर आफै पकाएर खाना खाने नाेगेनले केही पैसाभने पक्कै पनि बचाएकाे थियाे आफ्नाे बहिनीको पढाइको लागि।
यसरी नै एक वर्ष बित्छ।बस्नेत परिवार व्यापारिक कामकाे लागि अचानक मुम्बई जानपर्ने हुन्छ र आराधना भने घरमै रहन्छिन् किनभने उनकाे परीक्षा चलिरहेकाे हुन्छ।तिनदिनकाे लागि गएकाे बस्नेत परिवार अरु थप तिनदिन मुम्बइमा बस्छन्।
चौथाे रात अचानक रातकाे दशबजे
“नाेगेन दा “आराधना बाेलाउछिन्”मलाई सन्चाे छैन् माथि आउनु न”
नभन्दै आराधनालाई अत्यधिक ज्वराे आएको हुन्छ।अस्पताल लान तैयारी गर्दा राेक्छिन् “दाइ राती अस्पताल जांदा समाजले नराम्राे भन्नसक्छ,भाेली बुबाले केभन्नुहुन्छ? त्याे सिटामाेल..”
नाेगेनले सिटामाेल चक्कि दिनुकाे साथै पानीपट्टी गरिदिन्छ र जान खाेज्छ।आराधनाले राति डर लाग्ने भनेकाेले संगै उपचारकाे क्रममा बस्न अनुराेध गर्छिन्।रात वित्छ, बिस्तारै आराधनाकाे ज्वराे ओर्लिन्छ।
पछि आराधना ठिक हुन्छिन् र दिनचर्या सामान्य अवस्थामा फर्किन्छ भने नाेगेनहाङलाई घरबाट बहिनीको विवाहकाे कुरा टुङ्गिएकाेले विवाहमा घर आउन बाेलाइन्छ।
एकमहिनापछि बस्नेत परिवार घर फर्कन्छ।बागडाेग्रा एयरपाेर्टमा डाेमेस्टिक फ्लाइट पछि आएकाे बस्नेत परिवारकाे ब्यबहारमा अचानक परिवर्तन आएकाे नाेगेनले महशुस गर्छ।जसाेतसाे सामानहरु कारमा राखेपछि नाेगेनलाई पछिल्लाे सिटमा राखेर कार आफै चुमानसिंह हाक्छन् ।
जसाेतसाे दार्जिलिङ पुगेपछि नाेगेन कारकाे डिक्किबाट सामान के निकाल्न पुगेकाे थियाे,नाेगेनमाथि लात्ती र मुक्का बर्सिन्छ चुमानसिंहकाे।
“निर्लज्ज,लुटेरा,बलात्कारी तँलाई मैले नेपाली भनेर काम दिएँ,आफ्नै ठानेर आश्रय दिएँ,उल्टै मेराे छाेरीलाई बलात्कार गर्ने”बस्नेत गर्जिए”त्याे चौध तारिख राती के गरिस् मेराे फूलजस्ताे छाेरीलाई,तेराे पनि बहिनी छ ,हैन उसलाई पनि बलात्कार गर्दा तँलाई कस्ताे हुन्छ पाखन्डी!”
नाेगेन निरुत्तर हुन्छ न त उस्ले बलात्कार गरेकाे नै थियाे उ उसकाे सफाइमा बाेल्छ तर सुन्ने कस्ले?आराधना पनि..।उ साेच्छ आखिर याे सबै उनिहरुकाे षड्यन्त्र हाे नाेगेनलाई कामबाट निकाल्ने नाेगेनकाे तलब र अन्य सुविधाबाट बन्चित गर्ने।परदेशमा नाेगेन के नै गर्न सक्थ्यो र जबरजस्ती पुलिस लगाएर जेल पठाइदिने धम्कि दिदै नाेगेनलाई गेटबाट बाहिर हुत्याईदिन्छ बस्नेत परिवारले।
विवश नाेगेन बाहिर निस्कन्छ निरुद्धेश्य दार्जिलिङकाे सडकहरुमा टहलिन्छ।कामविहिन,आश्रयविहिन,सहाराविहिन उ कामकाे खाेजिमा यताउता चहार्छ र समय संगै वितेका गाउँका पलहरु दार्जिलिङका बस्तिहरु सम्झन्छ।
दाेस्राे दिन उसले बुबाकाे अन्तिम चिनाे घडी सम्झन्छ जुन उसले बस्नेत परिवारकाे काेठामा छाडेकाे थियाे।आखिर कामबाट निकालिएको उ बस्नेत परिवारमा कुनै पनि हालतमा फर्कन चाहदैनथ्याे तर बुबाकाे आखिरी चिनाेकाे कारण बाध्य बन्छ।डराइडराइ नाेगेन फर्कन्छ तर गेटमा पुग्नेबित्तिकै चुमानसिंहकाे बदलिएको ब्यबहारबाट अवाक बन्छ नाेगेन।
“नाेगेनबाबु, याे गम्भीर र जटिल परिवेशबाट मलाई बचाइदिनु पर्याे”नाेगेनकाे खुट्टा समाउदै चुमानसिं तुरुक्क आँसु खसाउँछ”बरु म जे जति गर्नसक्छु त्याे सबै गर्छु,पैसा..”
फेरि अर्काे गाइजात्रा नाेगेन छक्क पर्छ,गाेहिकाे आँखामा आँसु!तर चुमान सिं भक्कानाे छाड्छ”त्याे बलात्कारकाे कुरा सुनेर सानैमा बिहेकाे टुङ्गाे लागेकाे मेराे साथीकाे परिवारबाट पनि बिहे ताेडियाे,अब आराधना गर्भवती भएकि छिन् ,अवाेर्सन गर्न खाेजे तर गर्भपतन गर्दा आराधनाकाे ज्यानै जाने भएकाेले तिमीहरूले विवाह गर्नुपर्याे।याे बच्चा जन्मिएपछि तिमीहरु डिभाेर्स गर्न सक्छौं,मात्र नौ महिनाकाे लागि कागजी विवाह गर यसकाे लागि बरु म दशलाख दिन तयार छु फेरि अस्पताल खर्च र बच्चा र आमाकाे पाेषणतत्वकाे लागि छुट्टै ”
नाेगेनकाे अघिल्तिर ममता र प्रतिशाेधकाे विकल्प निस्कन्छ र अन्तमा ममताकै जित हुन्छ।आखिर उसले स्विकार गरिदिदा एउटा अठाह्र वर्षे युवती र कुनै कसुर विनाकाे बच्चाकाे जिवनकाे सवाल र समाजकाे स्विकार दुवै हुन्छ ।मनमनै साेच्छ आखिर उसले के नै पाे गरेकाे छ र? कति निष्ठुरी अनुराधा! अनुहारमात्र राम्राे भएर के गर्नु चरित्रहिन् आईमाई !अरु कसैसंग लहसिएर बलात्कारको आराेप उफ!!फेरि कसकाे पापकाे जिम्मेवारी लिनपर्ने! यदि उसले स्विकार गर्दा कसैकाे पापले बाबुकाे नाम पाउछ भने,फेरि उसकाे पनि त बहिनी छ ,छाेरीमान्छेकाे इज्जत खुकुरीकाे धारमा ओहाे!
अन्तत: नाेगेनकाे जिम्मा लगाएर आराधनालाई पठाइदिन्छन् बस्नेत परिवारले।सामान्य टिकाटालाे केही कपडाहरु र मेची पारी ल्याएर विदाइ गर्दाकाे आराधनाकाे रुवाई देखेर नाेगेन मनमनमा अचम्मित हुनपुग्छ।त्यत्राे परिवारकाे एक्लाे छाेरी आज नेपालमा कसैकाे पापलाई जन्म दिन एउटा साेझाे नेपालीको साथमा जादैछ र नाेगेन आफैपनि कागजी बाबू बन्दैछ केही पैसामा अनुबन्धित भएर।
चारआलीदेखि फिक्कल जादैगर्दा बाटाेमा ट्याक्सी राेकिन्छ।नाेगेन र आराधनाकाे सामान्य बाेलचाल मात्र हुन्छ।बाटाेभरि उनी वान्ता गर्छिन् आखिर आफ्नै कारमा यात्रा गर्ने एउटा सम्पन्न परिवारकाे महिला दाेजिया छ,कसैकाे पाप पेटमा हुर्काउदै आज परदेशमा कसैकाे साथमा नौ महिनाकाे लागि जादैछ।
अन्तत: नाेगेन र आराधना गाेपेटार आइपुग्छन् ।
“ऊ चाहिँ काे नि?”आमाकाे साेधाई।
“आमा हजुरकाे बुहारी”मन नलागी नलागी नाेगेन जवाफ दिन्छ।
“आहा! कति राम्री जुनजस्तै मेरी बुहारी”आमा रिसाउनुहुन्छ”तैले बिहे गरेकाे कुरा किन भनिनस् नि मलाई? हरे त्यत्राे बाटाे आउदा कति थाक्याे हाेला!”
“अब एकैचोटी दाजु र बहिनीको विवाह गरिदिनुपर्छ।एउटै लगन र जग्गेमा दुई विवाह”
नभन्दै विवाहकाे तयारी शुरु हुन्छ आराधनाले सबै परिवारकाे मन सहजै जित्छिन्अनि परिवारमा घुलमिल हुन्छिन र विवाह सकिन्छ पनि।आमाकाे करकाे कारण विवाहमा दार्जिलिङका अनुराधाकाे परिवार पनि बाेलाइन्छ र सौहाद्रपूर्ण व्यवहारले सहभागी बन्छन् लाग्छ कुनै कन्ट्याक्ट् विवाह हाेइन् वास्तविक नै हाे।
विवाहपछिकाे रात सयनकक्षमा अनुराधा दुलहीकाे भेषमा छिन् ।उता नाेेगेन भने अचम्मित छ र दृष्टि दिन्छ आफ्नाे बेडतर्फ जहाँ एउटा अठाह्रवर्षे युवती जाे पेटमा कसैकाे पाप हुर्काइरहेछ र यहाँ लाेक र समाजकाे अघिल्तिर उसैकाे श्रीमतीको अभिनय गरिरहेकाे छ।
“हेर आराधना म त्यतिसाराे निष्ठुरी छैन् ,तिमीहरुले मलाई जेजस्तो व्यवहार गरेेतापनि ममा संस्कार छ।तिमी तिम्राे मनले चाहेसम्म,राेजेसम्म याे रुम र बेड शेयर गर्न सक्छौ ।तिम्राे र मेराे सम्बन्धमा म केही पनि बाेल्दिन।तिमी तिम्राे पेटमा हु्र्किरहेकाे बच्चालाई जन्माउन अघि अथवा जुनसुकै बेलामा पनि डिभाेर्स गर्न सक्छौ।” नाेगेन बाेल्छ एकपल्ट घृणित नजर लगाएर बाहिर निस्किन ढाेकातर्फ अघि बढ्छ।
“नाेगेन दा मेराे कुरा एकपल्ट त सुन्नुहाेस्”अचानक आराधना नाेगेनकाे खुट्टा समातेर रुन्छिन्”तपाईंलाई मेराे बुबाले गर्नुभएको व्यवहार र कुटपिट प्रति म क्षमा माग्छु।तपाईलाई बस्नेत परिवारले परिवारकाे सबैभन्दा अनमाेल वस्तु एकमात्र छाेरी,आफ्नै छाेरी मलाई सुम्पिएकाे छ र फेरि म गर्भवती पनि छैन न त तपाईं बलात्कारी हाे र न त मेराे पेटमा कसैकाे पाप नै छ”
“तिमी..गर्भवती छैनौ…अनि याे बलात्कारकाे कुरा…”
“तपाईंको इमानदार व्यवहारकाे पहिलेदेखि नै बुबाआमा जानिफकार हुनुहुन्थ्यो र नै मलाई तपाईंको जिम्मेवारीमा घरमा छाड्नुभएकाे हाे।हाे १४ तारिखमा मलाई ज्वराे आएको थियाे र रातभर तपाईंले मलाई स्याहार गर्नुभएकाे हाे।”
“अनि याे विहे टुटेको कुराे”नाेगेन असमानजस्यमा पर्छ।
“साँच्चिकै भन्ने हाे म तपाईंको इमानदारीतादेखि प्रभावित थिएँ र तपाईंप्रति आकर्षित थिएँ।मनमनै प्रेम गर्न थालेकी थिएँ ।रह्यो विहेकाे कुराे ,म सानै छदैखेरी मेराे बुबाकाे साथीकाे छाेरासँग बिहे फिक्स भएकाे हाे तर धनी बाबुकाे बिग्रेको छाेराे उसकाे व्यवहार मलाई मन परेकाे थिएन्।बुबाआमा मुम्बई जानुभएको केहिदिनपछि उसले मलाई बुलिङ गर्याे।बिहेपूर्व नै मेराे इज्जत लुट्न खाेज्याे।आखिर विवाहपछि सामान्य भैहाल्छ नि भनेर जवरजस्ति गर्न खाेज्याे।बल्लतल्ल उम्कन सफल भएँ र त्यहि तनाव र चिन्ताको कारण मलाई ज्वराे आएको हाे।अझ उसले र उसकाे परिवारले हाम्राे परिवारलाई आर्थिक दवाव र व्ल्याकमेलिङ गर्न खाेज्याे ।”
“अनि …”नाेगेनमा बिस्तारै माया जन्मिन्छ।
“मैले सबैकुरा बुबाआमालाई सुनाएँ। उहाँहरु राजी हुनुभयो,गाेप्यरुपमा तपाईंको परिवार,शिक्षा,व्यवहार र तपाईंलाई जाँच्न गरिएको परिक्षामा सफल हुनुभयो।आखिर रातभर संगैरहंदा पनि केही नगरेपछि जिन्दगीभर साथ दिन सक्नुहुनेछ भन्ने कुरामा विश्वश्त हुनुभयो । आखिर कुन परिवार आफ्नो छाेरीलाई कसाहीकाे हातमा सुम्पन चाहन्छ र? फेरि मगनी भैसकेको विवाह ताेड्नुलाई कुनै न कुनै बहाना चाहिएकाे हुनाले हामीले सल्लाह गरेर तपाईंलाई बलात्कारको आराेप लगाएकाे अनि घरबाट निकाल्नु भएको हाे।”आराधनाकाे आँखाभरि आँशुमात्र हाेइन् सुक्सुकाहट बढ्याे”तपाईंले मेरालागि यी सबै ब्याेहाेर्नुभयाे तर म खुसी छु मैले तपाईंकाे साथ पाएँ,अब जिन्दगीभर तपाईंको दासी भएर बाँच्नेछु”
“ओहो ! आराधना !म तिमीहरुकाे सबै पैसा फिर्ता गरिदिन्छु।मलाई बुबाआमाकाे साथ र तिम्राे माया भए पुग्छ” नाेगेन आराधनालाई उठाएर अंकमाल गर्दै माया जनाउँछ।
……………
प्रशंशा साेध्छिन्”अनि खै त मेराे प्याराे साथीले मन पराएकाे हाम्राे प्याराे प्याराे मान्छे?”
“ए उहाँ त फिदिम जानुभएको छ अफिसकाे काममा,आजै फर्कनुहुन्छ ” आराधनाकाे दार्जिलिङ्गे नेपाली स्वर विस्तारै गुन्जिन्छ टाढाटाढासम्म।
प्रतिक्रिया