२१ मंसिर २०८१, शुक्रबार | December 6, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

धुलाबारी खानेपानीमा काङ्ग्रेसका धनकाजी खत्री प्यानलसहितै विजयी



विर्तामोड,झापाको धुलाबारी खानेपानी उपभोक्ता समितिकाे अध्यक्षमा नेपाली काङ्ग्रेसका धनकाजी खत्री विजयी बन्नु भएको छ।अन्तिम मतपरिणामअनुसार खत्रीले १,३४१ मत प्राप्त गर्दा नेकपा एमालेका रचेन्द्र श्रेष्ठले ८३२ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्ताेष राजवंशीले ४४७ मत प्राप्त गर्नुभयो ।

उता उपाध्यक्षमा पनि कांग्रेसकै हिमालय आङ्देम्बेले १,३५० मत प्राप्त गरेर विजयी बन्नुहुंदा नेकपा माओवादीका लक्ष्मी श्रेष्ठले ८३२ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश श्रेष्ठले ३३६ मत प्राप्त गर्नुभयो ।

सचिवमा कांग्रेसको उमानाथ सुवेदीले १,१०३ मत प्राप्त गरेर
जित हासिल गर्नुहुदा ६ जना खुला सदस्यमध्ये ५ जना कांग्रेस र १ जना जसपाकाे उम्मेदवार विजयी बन्नु भयाे।कांग्रेसको कविन्द्र श्रेष्ठले १,२०९ मत,केदार खत्रीले १,१९७ मत,नारायण भट्टराईले १,०२७ मत,सराेज खड्काले १,०२५ मत तथा ज्ञानबहादुर विष्टले ९५३ मत प्राप्त गरेर विजयी बन्दा जसपाकाे अमर लिम्बूले १,०२६ मत प्राप्त गर्नुभयो ।

उता २ महिला सदस्यमा पनि काङ्ग्रेसकै धनमाया गौतम र लिलादेवि गौतमले क्रमश: १,३०५ मत र ९५३ मत प्राप्त गरेर विजयी बन्नुभयाे।

४,९१७ जना मतदाता रहेकाे धुलाबारी खानेपानी उपभोक्ता समितिकाे निर्वाचनमा कांग्रेसकाे विरुद्धमा अन्य दलहरुकाे गठबन्धन थियाे।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ७ : ०२ बजे

किर्तिपुर नगरप्रमुखमा नेपाली काङ्ग्रेसको कृष्ण मान डङ्गोल विजयी

काठमाडौं, किर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका कृष्णमान डङ्गोल ५ हजार

स्थानिय निर्वाचन उपचुनाव, हालसम्म १५ वडाध्यक्षसहित काङ्ग्रेसको अग्रता

काठमाडौं, हिजो सम्पन्न स्थानिय निकायको मतपरिणाम सार्वजनिक भइरहेको छ ।

निमावि अङ्ग्रेजीको लिखितको नतिजा सार्वजनिक, समावेशीमा चर्को प्रतिष्पर्धा

विराटनगर, शिक्षक सेवा आयोगले निमावि अङ्ग्रेजी विषयको  लिखित परिक्षाको नतिजा

प्रियङ्का गान्धीक‍ो केरलको वायनाड सिटमा चारलाख मतान्तरद्वारा जित

काठमाडौं, हालै सम्पन्न ल‍‍ोकसभा उपनिर्वाचनमा भारतीय राष्ट्रिय काङ्ग्रेसको महासचिव तथा