६ चैत्र २०७९, सोमबार | March 20, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल शिक्षक संघ झापाकाे नवनिर्वाचित जिल्ला कार्यसमितिलाई प्रमाणपत्र तथा पद हस्तान्तरण



विर्तामोड,नेपाल शिक्षक संघ झापा जिल्ला कार्य समितिकाे नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज गिरिजाप्रसाद स्मृति भवन विर्तामोडमा एक कार्यक्रम गरेर निर्वाचित प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण गरियाे।

नेपाली काङ्ग्रेस झापाकाे सभापति देउमान थेेबेकाे प्रमुख आतिथ्यतामा सम्पन्न साे कार्यक्रमकाे अध्यक्षता निर्वाचन मण्डलकाे संयाेजक प्रकाश भन्डारीले गर्नुभएको थियाे। साे कार्यक्रममा नवनिर्वाचित जिल्ला कार्यसमितिको पदाधिकारी सहित जिल्ला सदस्यहरु र प्रदेश अधिवेशन प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण तथा निर्वाचित पालिका अध्यक्षहरु लगायत पूर्व पालिका अध्यक्षहरुलाई प्रमाणपत्र र मायाकाे चिनाे वितरण गरिएकाे थियाे।

सचालाई सम्बाेधन गर्ने क्रममा प्रमुख अतिथी थथा सभापति देउमान थेबेले शिक्षकहरुकाे एकताकाे अधिवेशनले नयाँ उत्साह ल्याएकाे र याे उत्साहले स्ववियु निर्वाचन र आसन्न महासँघकाे निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने बताउनुभयाे। उहाँले अब हुने काेशी प्रदेश नेपाल शिक्षक सँघकाे प्रदेश अधिवेशनमा याे अभूतपूर्व एकताकाे कारण झापाबाट अध्यक्षकाे उम्मेदवार तथा शिक्षक नेता तेजप्रसाद चौलागाईंकाे विजय काेशी प्रदेश अध्यक्षमा हुने विश्वास व्यक्त गर्नुभयो ।

साे कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ताेयानाथ दाहाल,निवर्तमान अध्यक्ष नेत्र खरेल,शिक्षक नेता तथा काेशी प्रदेश शिक्षक संघका अध्यक्षका प्रत्याशी तेजप्रसाद चौलागाईं लगायतले बाेल्नुभएकाे थियाे।

आजै पदबहालीकाे साथै नेपाल शिक्षक संघ झापाकाे पहिलाे बैठकले निर्वाचन मन्डल लगायत अधिवेशन सफल पार्न अहाेरात्र खटिनु हुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्नुकाे साथै यहि चैत्र ९,१० र ११ गते सम्पन्न हुने काेशी प्रदेश अधिवेशनमा झापाबाट शिक्षक नेेता तेजप्रसाद चौलागाईंलाई काेशी प्रदेशकाे नेपाल शिक्षक संघकाे अध्यक्षकाे उम्मेदवार बनाउनकाे साथै निर्वाचित गराउन सबै जिल्लाका जिल्ला कार्यसमिति,प्रदेश तथा संघिय महाधिवेशन प्रतिनिधिहरुलाई हार्दिक अनुराेध तथा अपिल गर्ने निर्णय गरेकाे जनाइएको छ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ९ : ४१ बजे

निकाल्याे माेरङ शिक्षा समन्वय इकाईले प्रावि नियुक्ति प्रयाेजनार्थ पालिका छनौट सुचना

विराटनगर,शिक्षा विकास समन्वय इकाई माेरङले शिक्षक सेवा आयाेगबाट सिफारिस भएका

ताप्लेजुङको पाथिभरा क्याम्पसमा दस गुणा बढि मत सहित नेविसंघको अर्जुन खिम्दिङ विजयी

ताप्लेजुङ,ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसकाे स्ववियु चुनाबमा नेविसंघको अर्जुन खिम्दिङ विपक्षी

उर्लाबारी क्याम्पस माेरङमा नेविसंघ प्यानलै विजयी

उर्लाबारी,पूर्वि माेरङकाे उर्लाबारी बहुमुखी क्याम्पसमा स्थापनाकालदेखि इतिहासमा पहिलाेपटक नेविसंघले आठ

९११ निमावि शिक्षकको लागि ७८,४७९ जना र ६७५ माविमा ३८,३३७ जनाकाे महाभिडन्त

काठमाडौं,शिक्षक सेवा आयाेगले विज्ञापन गरेकाे निमावि तहकाे ९११ शिक्षक पदमा

तेह्रथुम क्याम्पस,चुहानडाडामा नेवि संघ प्यानलै विजयी

आठराई,पूर्वि पहाडमा रहेकाे त्रिविकाे एकमात्र आंगिक क्याम्पस,चुहानडाडा क्याम्पस आठराईमा नेविसंघको