१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल शिक्षक संघ झापाको नवौ जिल्ला अधिवेशन प्रारम्भ



विर्तामोड,नेपाल शिक्षक संघ झापाकाे नवौ जिल्ला अधिवेशन गिरिजाप्रसाद स्मृति भवन विर्तामोडमा शुरु भएकाे छ।

उद्घाटन सत्रकाे अध्यक्षता नेपाल शिक्षक संघ झापाकाे अध्यक्ष नेत्र खरेलले गर्नुभएको साे सत्रकाे प्रमुख अतिथि नेपाली काङ्ग्रेसको महामन्त्री तथा झापा-१ का संघिय सांसद विश्व प्रकाश शर्मा तथा अतिथिमा नेपाली काङ्ग्रेस झापा जिल्ला कार्य समितिकाे सभापति देउमान थेबे,काेशी प्रदेश नेपाल शिक्षक संघकाे प्रदेश अध्यक्ष तथा नेपाली काङ्ग्रेस इलाम जिल्ला कार्य समितिकाे सचिव पूर्णप्रसाद गौतम,शिक्षक नेता तेजप्रसाद चौलागाईं ,ताेयानाथ दाहाल,सम्पूर्ण १५ स्थानीय पालिकाकाे सभापतिहरु लगायतका हुनुहुन्थ्यो ।

उपाध्यक्ष भवानी लुईटेलले स्वागत मन्तब्य राख्नु भएकाे साे खुला सत्र सन्चालन सचिव याेगेन्द्र पौडेलले गर्नुभएको थियाे भने जिल्लाभरिका १७ उत्कृष्ट शिक्षकहरुलाई प्रमुख अतिथी तथा विशिष्ट अतिथीले सम्मान गर्नुभएको थियाे।

उद्घाटन सत्रलाई सम्बाेधन गर्नुहुदै विशेष अतिथी तथा नेपाली काङ्ग्रेस झापा जिल्ला कार्य समितिका सभापति देउमान थेबेले अधिवेशन सर्वसम्मत तवरले सम्पन्न गर्ने र झापाले शिक्षक एकताकाे सन्देश प्रवाह गर्ने तथा पार्टीले सदैव शिक्षकहरुकाे सम्मान र संरक्षण गर्ने बताउनुभयो ।

अर्का अतिथी तथा काेशी प्रदेश नेपाल शिक्षक संघका अध्यक्ष तथा नेपाली काङ्ग्रेस इलाम जिल्ला कार्य समितिका सचिव पूर्ण प्रसाद गौतमले महाभारतकाे उदाहरण दिनुहुदै बालविकासका शिक्षकहरु तथा विद्यालय कर्मचारीकाे तलब बढाउन सरकारलाई जाेडदार माग गर्नुभयाे।

प्रमुख अतिथी तथा झापा-१ का साँसद एवम् नेपाली काङ्ग्रेसकाे महामन्त्री विश्वप्रकाश शर्माले आफुलाई शिक्षककाे छाेराकाे रुपमा चिनाउन पाउँदा गर्व लाग्ने र शिक्षकले समाज रुपान्तरणकाे लागि प्राविधिक तथा राजनितीज्ञहरु उत्पादन गर्नुपर्नेमा जाेड दिनुभयाे।

झापा जिल्लाभरीका २,०३३ नेपाल शिक्षक संघका सदस्यहरुले साे अधिवेशनबाट चारवर्षे कार्यकालका लागि १,अध्यक्ष ,२ उपाध्यक्ष ,२ सचिव,५ सहसचिव र११ सदस्य सहित २१ सदस्यीय जिल्ला कार्य समिति १० प्रदेश अधिवेशन प्रतिनिधि तथा ८संघिय महाधिवेशन प्रतिनिधि चयन गर्नेछ।https://youtube.com/watch?v=QmevPKPIzB8&feature=share

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ९ : ३० बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र