४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालद्वारा नामिबिया ३ विकेटले पराजित



काठमाडौं,त्रिवि क्रिकेट मैदानमा केहिबेर अघि सम्पन्न आइसिसि विश्वकप क्रिकेट  लिग टु अन्तर्गत त्रिदेशिय तेस्राे  खेलमा नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेकाे छ।नामिबियाकाे याे लगातार तेस्रो हार हाे भने नेपालकाे तेस्राे जीत।

नामिबियाले दिएकाे २७५ रनकाे लक्ष्य नेपालले ४७.२ ओभरमा ७ विकेट गुमाएर भेट्टायाे।नेपालकाे जितमा आशिफ शेख,ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतक प्रहार गरे।

आशिफले ९८ बलमा ८चौका र २ छक्काकाे मद्दतले ८१ रन तथा ज्ञानेन्द्रले ७४ बलमा ५ चौका र ३ छक्काकाे मद्दतले ६५ रन बनाए।कुशल मल्लले ६२ रनकाे याेगदान गरे।

नामिबियाकाे लागि रुबेन ट्रम्पलमेन र बेनार्ड स्ट्रकाेजले समान २,२ विकेट लिए।

यसअघि व्याटिङ गरेकाे नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएकाे थियाे।नामिबियाकाे लागि जान ग्रिनले ११ चौका र १ छक्काकाे मद्दतले ७५ रन तथा पिकि फ्रान्सले ४९ रन बनाए।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ५ : ५१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज