३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

टर्की भूकम्पमा मृतकको संख्या २४ हजार नाघ्याे



काठमाडौं ,गत साेमबार टर्की र सिरियामा आएको ७.८ म्याग्निच्यूडकाे विनाशकारी भूकम्पमा परेर मृत्यु हुनेकाे संख्या चौविस हजार नाघेको छ।भूकम्पबाट टर्कीमा २१,२१३ जनाको मृत्यु भएको र ७७,११३ जना घाइते भएको टर्किस प्रकाेप उद्धार समितिले जनाएकाे छ।

उता सिरियामा भने २,१६६ जनाकाे मृत्युु भएकाे सिरियाली समाचार संस्थाले जनाएको छ।सिरियामा २,३२६ बढी घाइते भएकाे बताइएको छ।

टर्कीको हाटे प्रान्तको सामाडाग शहरमा १०४ घन्टापछि १० बर्षे बालक याकिजकाे भग्नावशेषबाट जिवितै उद्धार  गरिएकाे बताइएको छ भने जर्मन उद्धारकर्ताहरुले ४० वर्षिया महिला जिनेप कार्मानलाइ जिवितै उद्धार गरिएकाे बताएका छन्।

अन्तर्राष्ट्रिय खाेज तथा उद्धार समूहकाे प्रमुख स्टेभन बेयरले भनिन्”जादु जस्तै लागेकाे छ ,मानिसहरु खुसी र हर्षले झुमेका छन्,एकअर्कालाई अंगालोमा बाँधेकाे खुसी छचल्कियाे, जब महिलालाई भग्नावशेषबाट जिवितै  उद्धार गरियाे”

कम्पनकाे १०४ घन्टा पछिपनि जिवितै भेटिएता पनि क्रमश: जिवितै उद्धार गरिने सम्भावना न्यून हुँदै गएकाे बताइएको छ।चिसाे र सुक्खा मौसमकाे कारण सम्भावना क्षीण वन्दै गएको हाे। भूकम्प पछिकाे ७२ घन्टा पछि जिवितै उद्धार गर्न असम्भव नै मानिन्छ ।

 

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ३ : ४८ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु