३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

टर्की भूकम्पमा मृतकको संख्या २४ हजार नाघ्याे



काठमाडौं ,गत साेमबार टर्की र सिरियामा आएको ७.८ म्याग्निच्यूडकाे विनाशकारी भूकम्पमा परेर मृत्यु हुनेकाे संख्या चौविस हजार नाघेको छ।भूकम्पबाट टर्कीमा २१,२१३ जनाको मृत्यु भएको र ७७,११३ जना घाइते भएको टर्किस प्रकाेप उद्धार समितिले जनाएकाे छ।

उता सिरियामा भने २,१६६ जनाकाे मृत्युु भएकाे सिरियाली समाचार संस्थाले जनाएको छ।सिरियामा २,३२६ बढी घाइते भएकाे बताइएको छ।

टर्कीको हाटे प्रान्तको सामाडाग शहरमा १०४ घन्टापछि १० बर्षे बालक याकिजकाे भग्नावशेषबाट जिवितै उद्धार  गरिएकाे बताइएको छ भने जर्मन उद्धारकर्ताहरुले ४० वर्षिया महिला जिनेप कार्मानलाइ जिवितै उद्धार गरिएकाे बताएका छन्।

अन्तर्राष्ट्रिय खाेज तथा उद्धार समूहकाे प्रमुख स्टेभन बेयरले भनिन्”जादु जस्तै लागेकाे छ ,मानिसहरु खुसी र हर्षले झुमेका छन्,एकअर्कालाई अंगालोमा बाँधेकाे खुसी छचल्कियाे, जब महिलालाई भग्नावशेषबाट जिवितै  उद्धार गरियाे”

कम्पनकाे १०४ घन्टा पछिपनि जिवितै भेटिएता पनि क्रमश: जिवितै उद्धार गरिने सम्भावना न्यून हुँदै गएकाे बताइएको छ।चिसाे र सुक्खा मौसमकाे कारण सम्भावना क्षीण वन्दै गएको हाे। भूकम्प पछिकाे ७२ घन्टा पछि जिवितै उद्धार गर्न असम्भव नै मानिन्छ ।

 

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ३ : ४८ बजे

कविता: एउटा सपना हराएको यात्री

कविता: एउटा सपना हराएको यात्री -गीता गुरुङ, भद्रपुर, झापा ।

डिभिजन टु क्रिकेट: नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित

काठमाडौं, डिभिजन टु क्रिकेटमा नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित भएको

एक थान गजल

गजल -जयप्रसाद ओझा, हिलिहाङ-४, पाँचथर हाल मलेसिया न यो शहर

निमाविमा कोशी प्रदेशमा सत्र प्रतिशत सफल

काठमाडौं, शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह प्रथम पत्र सामान्य परिक्षाको

इतिहासमा बहुलरङ्गवादी प्रवाह: धर्मेन्द्र नेम्बाङको पितापुर्खाको कथा

इतिहासमा बहुलरङ्गवादी प्रवाह:पितापुर्खाको कथा -मनु योङहाङ, हिलिहाङ-३, कुर्लुम्बा पाँचथर ।