१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आज बसन्त पन्चमी तथा सरस्वती पूजा अक्षराम्भ गरेर मनाइदै



काठमाडौं ,आज माघ शुक्ल पक्ष पन्चमी तथा बसन्त पन्चमी,विद्याकाे देवि सरस्वतीकाे पूजा आराधना गरेर सम्पूर्ण विद्यालय,कलेज तथा शिक्षापिठहरुले सरस्वती जयन्ती मनाइरहेका छन्।

आज अक्षराम्भ गरेर नानीबाबुहरुलाई पढाइ शुरु गर्ने प्रचलन छ। कतिपय विद्यालयहरुले आजबाटै विद्यार्थी भर्ना आरम्भ समेत गरेका छन्।आजबाट खेतीपातीकाे लागि खनजाेत समेत गरेर शुभारम्भ गर्दा राम्राे फसल समेत हुने र सहकाल हुने समेत मान्यता रहेकाे छ।

सरस्वती पूजा गरेर बसन्त पन्चमी मनाइएको खवरहरु प्राप्त भएका छन्। काठमाडौंमा बौद्ध महांकालकाे जनकल्याण माविमा सरस्वती पूजा गरिएकाे साे विद्यालयकाे प्रधानाध्यापक कुमारीकमला राईले हिलिहाङ डटकमलाई बताउनुभएकाे छ।कक्षा १२ सम्म कानुन,व्यवस्थापन ,विज्ञान र कला पढाइ हुने २ हजार भन्दा बढि विद्यार्थीहरु सरस्वती पूजामा सहभागी भएकाे बताइएको छ।

उता वर्दियाकाे भूरिगाँउमा रहेकाे त्रिभुवन नमुना माविमा पनि भब्यताकाे साथ सरस्वती पूजा मनाइएको त्रिभुवन नमुना माविकाे प्रधानाध्यापक वामदेव ढकालले बताउनुभयो । कक्षा १२ सम्मका १२०० बढि विद्यार्थीहरुले सरस्वती पूजा गरेकाे प्रअ ढकालले बताउनुभयो ।

उता झापाकाे विर्तामोड -७ स्थित कन्चन इङलिस स्कूलमा पनि सरस्वती पूजा गरिएको प्रिन्सिपल डिल्लीराम चम्लागाईले बताउनुभयो।विद्यालयका कक्षा १० सम्मका ५०० बढी विद्यार्थीहरुले सरस्वती पूजा गरेको बताइएको छ।

पाँचथरका जनशान्ति एकेडेमी हिलिहाङमा पनि सरस्वती पूजा गरिएकाे प्रधानाध्यापक पाल्देन तामाङले बताउनुभयो ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ९ : ४४ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र