१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

खुल्यो मावि तहमा ६६८ जना शिक्षकको विज्ञापन



काठमाडौं,शिक्षक सेवा आय‍ोगले माध्यमिक तहको विभिन्न विषयमा गरि ६६८ जना स्थायी शिक्षकक‍ो विज्ञापन गरेक‍ो छ।यसरी विज्ञापन गरिएकोमा सबैभन्दा बढि गणित विषयको रहेको छ।

नेपाली विषयमा भने प्रदेश १ मा २ खुला,१ महिला,१ आदिवासी जनजाती,५ मधेसी र २ दलित सहित ११ जना तथा मधेशमा २२,बागमतीमा २६,गण्डकीमा २५,लुम्बिनीमा १०,कर्णालीमा ९ र सुदुर पश्चिममा ८ सहित १११ जना शिक्षक पदको विज्ञापन गरेकाे छ।

अंग्रेजी विषयमा भने प्रदेश १ मा १५ जना,मधेशमा ४,बागमतीमा १३,गण्डकीमा १५,लुम्बिनीमा १३,कर्णालीमा १३ र सुदुर पश्चिममा १२ गरेर ८४जनाको विज्ञापन गरिएको छ।

उता गणितमा भने प्रदेश १ मा खुला २४,महिला १४,आदिवासी जनजाती ११,मधेसी १०,दलित४,अपाङ्ग ३ र पिक्षे १ सहित ६७,मधेसमा १५,बागमती २८,गण्डकीमा ३३,लुम्विनीमा २५,कर्णालीमा २५ र सुदुर पश्चिममा १५ गरेर २०८ जनाको विज्ञापन गरिएको छ।

विज्ञानमा भने प्रदेश १ मा खुला १०,महिला १८,आदिवासी जनजाती ९,मधेसी ७,दलित ६,अपाङ्ग ४ सहित ५४जना,मधेशमा २४,बागमतीमा ३८,गण्डकीमा २८,लुम्बिनीमा १५,कर्णालीमा १९ र सुदुर पश्चिममा १३ सहित १९१ जनाको माग गरिएको छ।

सामाजिकमा प्रदेेश १ मा ५,मधेशमा २,बागमतीमा १३,गण्डकीमा १२,लुम्बिनीमा ७, कर्णालीमा ६ र सुदुर पश्चिममा ९ सहित ५४ जना माग गरिएको छ।

अर्थशास्त्रमा ८,शिक्षामा १,स्वास्थ्यमा ७,संस्कृतमा २,संस्कृत साहित्य,शुक्ल यजुर्वेद र कम्प्युटरमा १,१ जना माग गरिएकाे मावि शिक्षक पदको प्रथम पत्रको परीक्षा यहि २०७९ साल चैत्र १८ गते दिउँसो १ बजे मोरङ,धनुषा,मकवानपुर,कास्की,दाङ,सुर्खेत र कैलालीमा हुने बताइएक‍ो छ।

आगामी माघ २४ गतेसम्म सामान्य दस्तुर रु १,०००/-र रु ६००/- थप समावेशी समूहको लागि तथा फागुन २ गतेसम्म दोब्बर दस्तुर तिरी अनलाइन फर्म भर्न सकिने आयोगले जनाएको छ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ६ : ०६ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको