५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

खुल्यो मावि तहमा ६६८ जना शिक्षकको विज्ञापन



काठमाडौं,शिक्षक सेवा आय‍ोगले माध्यमिक तहको विभिन्न विषयमा गरि ६६८ जना स्थायी शिक्षकक‍ो विज्ञापन गरेक‍ो छ।यसरी विज्ञापन गरिएकोमा सबैभन्दा बढि गणित विषयको रहेको छ।

नेपाली विषयमा भने प्रदेश १ मा २ खुला,१ महिला,१ आदिवासी जनजाती,५ मधेसी र २ दलित सहित ११ जना तथा मधेशमा २२,बागमतीमा २६,गण्डकीमा २५,लुम्बिनीमा १०,कर्णालीमा ९ र सुदुर पश्चिममा ८ सहित १११ जना शिक्षक पदको विज्ञापन गरेकाे छ।

अंग्रेजी विषयमा भने प्रदेश १ मा १५ जना,मधेशमा ४,बागमतीमा १३,गण्डकीमा १५,लुम्बिनीमा १३,कर्णालीमा १३ र सुदुर पश्चिममा १२ गरेर ८४जनाको विज्ञापन गरिएको छ।

उता गणितमा भने प्रदेश १ मा खुला २४,महिला १४,आदिवासी जनजाती ११,मधेसी १०,दलित४,अपाङ्ग ३ र पिक्षे १ सहित ६७,मधेसमा १५,बागमती २८,गण्डकीमा ३३,लुम्विनीमा २५,कर्णालीमा २५ र सुदुर पश्चिममा १५ गरेर २०८ जनाको विज्ञापन गरिएको छ।

विज्ञानमा भने प्रदेश १ मा खुला १०,महिला १८,आदिवासी जनजाती ९,मधेसी ७,दलित ६,अपाङ्ग ४ सहित ५४जना,मधेशमा २४,बागमतीमा ३८,गण्डकीमा २८,लुम्बिनीमा १५,कर्णालीमा १९ र सुदुर पश्चिममा १३ सहित १९१ जनाको माग गरिएको छ।

सामाजिकमा प्रदेेश १ मा ५,मधेशमा २,बागमतीमा १३,गण्डकीमा १२,लुम्बिनीमा ७, कर्णालीमा ६ र सुदुर पश्चिममा ९ सहित ५४ जना माग गरिएको छ।

अर्थशास्त्रमा ८,शिक्षामा १,स्वास्थ्यमा ७,संस्कृतमा २,संस्कृत साहित्य,शुक्ल यजुर्वेद र कम्प्युटरमा १,१ जना माग गरिएकाे मावि शिक्षक पदको प्रथम पत्रको परीक्षा यहि २०७९ साल चैत्र १८ गते दिउँसो १ बजे मोरङ,धनुषा,मकवानपुर,कास्की,दाङ,सुर्खेत र कैलालीमा हुने बताइएक‍ो छ।

आगामी माघ २४ गतेसम्म सामान्य दस्तुर रु १,०००/-र रु ६००/- थप समावेशी समूहको लागि तथा फागुन २ गतेसम्म दोब्बर दस्तुर तिरी अनलाइन फर्म भर्न सकिने आयोगले जनाएको छ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ६ : ०६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज