गाइघाट,पन्ध्र वर्षसम्मको परिवारसंगको लडाइ र दुई वर्षको कानुनी उपचारपछि उदयपुर मानेभन्ज्याङ-९,माधवपुरकाे शितली राईले नागरिकता प्राप्त गरेकि छिन्।नागरिकतासँगै अब उनको १४ वर्षिया छाेरी प्रनिषाको जन्मदर्ता र एसइइको रजिष्ट्रेशन फर्म भरेर उच्चशिक्षा पढ्ने ढोका समेत खुलेको छ।
पन्ध्र वर्षअघि भारतिय सेनामा कार्यरत सुभाष राईसँग विहेगरेपछि घरपरिवार तथा सुभाषले समेत बुहारी तथा श्रीमती अस्विकारेपछि शितली राईले नागरिकताको लागि परिवारसँग लडिन्।गत २ वर्षदेखि परिवारसँग अंशमुद्दा लडेकि शितलिकाे पक्षमा अदालतले डिएनए चेक गराउन आदेश दिएकोमा डिएनए मिलेको थियो।
डिएनए मिलेतापनि वडाकार्यालयले प्रनिषाको जन्मदर्ता गर्न मानेको थिएन।जन्मदर्ता नभएकोले एसइइको रजिष्ट्रेशन फर्म भर्न नसकिएको हुनाले शितली राईले सवै पक्षहरूलाई गुहारेकी थिइन्।
अदालतले मुद्धा परेदेखि मासिक १० हजार क्षतिपूर्ति भराउने फैसला गर्नुको साथै नागरिकता प्रदान गर्ने फैसला गरेपछि उदयपुरका प्रजिअ दिलकुमार तामाङले नागरिकता प्रदान गर्नुभयो।नागरिकता प्रदान गर्ने समयमा घरपक्षको कोहि नआएकोले माइतीको बुबालाई सनाखत गराइएको प्रजिअ तामाङले बताउनुभयो।








प्रतिक्रिया