१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर काङ्ग्रेसले मतदाताहरुलाई धन्यबाद दियाे



फिदिम,पाँचथर काङ्ग्रेसले भर्खरै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभामा लाेकतान्त्रिक गठबन्धनकाे पक्षमा मतदान गर्नुहुने सम्पूर्ण पाँचथरबासी मतदाताहरुलाई हार्दिक धन्यबाद दिएकाे छ।

नेपाली काङ्ग्रेसका पाँचथर जिल्ला सभापति तथा निर्वाचन कमान्डर रुपनारायण जवेगुद्वारा हस्ताक्षरित विज्ञप्तिमा साे कुरा जनाइएकाे छ।सभापति जवेगुद्वारा जारी गरिएकाे विज्ञप्तिमा निर्वाचनमा पार्टिका उम्मेद्वार,समानुपातिकमा पार्टीलाई तथा संयुक्त लाेकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्नुहुुने सम्पूर्ण आममतदाताहरु,पार्टिका सम्पूर्ण तहका नेता तथा कार्यकर्ताहरु,भातृसंस्थाहरु,शुभेच्छुकसंस्थाहरु, उद्यमी,व्यवसायीहरु,कृषकहरु,प्राध्यापकहरु, शिक्षकहरु, विद्यार्थीहरु,पत्रकारहरु,तथा निर्वाचन सम्पन्न पार्न अहाेरात्र खटिनुहुने सुरक्षाकर्मीहरु तथा कर्मचारीहरु सवैसवैलाई हार्दिक धन्यवाद ज्ञापन गरिएकाे छ।

चुनावकाे परिणाम आइसकेकाे परिवेशमा सम्पूर्ण निर्वाचित संघ तथा प्रदेशका जनप्रतिनिधीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना प्रदान गर्दै देशलाई निर्वाचनमार्फत कांग्रेसमय बनाउन मतदान गर्नुहुने पाँचथरबासीहरुलाई फेरि पनि धन्यवाद प्रदान गरिएकाे पाँचथर काङ्ग्रेस सभापति रुपनारायण जवेगुद्वारा जारि गरिएकाे विज्ञप्तिमा जनाईएकाे छ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ९ : ५८ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको